डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, हजाराैं यात्रु अलपत्र

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 1 min

नवलपरासी । नवलपरासीको सुनवलमा नवलपरासीको सुनवल नगरपालिका-१ स्थित सोमनाथ खोला नजिकैको पुर्व-पश्चिम राजमार्गमा रहेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बुटवल नारायणगढ सडक बिस्तारको क्रममा नवलपरासीको सुनवलमा बनाइएको डाइभर्सन बर्षाले बगाएको र यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताउनुभयो । खाेलाले डाइर्भसन बगाउँदा राजमार्गमा सवारी साधन र यात्रुहरु अलपत्रमा परेका छन् ।

डाइभर्सन बगाएपछि पूर्वबाट आउने सवारीलाई भुमहीबाट भैरहवा र पश्चिमबाट आउनेलाई सुनवल हुँदै परासीतर्फ डाइभर्ट गरिएको पाण्डेले बताउनु भयो ।

वर्षाको कारण डाइभर्सन मर्मतमा समस्या भएको छ । पानीको बहाव कम भएपछि डाइर्भसन बनाइने बताइएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?