सोहन र पेमा उत्कृष्ट बक्सर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित हुनुभएको छ । हेटौंडास्थित हेटौंडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर हुनुभएको हो । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई ५-० ले हराउनुभयो । पेमाले भने फाइनलमा चितवनकी नतिशा थापामगरलाई ५-० ले नै हराउनुभयो । प्रतियोगितामा काभ्रे ७ स्वर्ण, २ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बन्यो । समान ३-३ स्वर्ण, रजत र कांस्यसाथ काठमाडौं दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाएको भक्तपुरले ३ स्वर्ण हात पार्‍यो ।

पुरुष ४८ केजीमुनि काभ्रेका लक्ष्मण राईले स्वर्ण र ललितपुरका प्रकाश कठायतले रजत पदक जित्नुभयो । पुरुष ५१ केजीमुनि काभ्रेका लालप्रसाद उप्रेती र ५४ केजीमा काठमाडौंका मदनकृष्ण डंगोलले स्वर्ण जित्नुभयो । फाइनलमा लालप्रसादले मकवानपुरका शशी विक र मदनले काभ्रेका सुलभ डंगोललाई समान ५-० ले हराउनुभयो ।

५७ केजीमा नुवाकोटका निरञ्जन मोक्तानले फाइनलमा ललितपुरका रोशन आछामीलाई ३-३ ले हराउँदै स्वर्ण जित्नुभयो । ६० केजी तौल समूहमा ललितपुरका सागर दर्जी र ६७ केजीमा ललितपुरकै विकास रानामगरले मकवानपुरका अनिष पुलामीलाई अंकका आधार हराउँदै स्वर्ण जित्नुभयो ।

पुरुषको ६७ केजी तौल समूहमा सिन्धुपाल्चोकका चन्द्रबहादुर तामाङलाई ५-० ले हराउँदै स्वर्ण जित्नुभयो । ७५ केजीमा काठमाडौंका अश्विनधिरण श्रेष्ठले फाइनलमा नुवाकोटका आशिष पुडासैनी र ८० केजीमा सिन्धुपाल्चोकका निश्चल विष्टले सविन महतलाई हराउँदै स्वर्ण पदक प्राप्त गर्नुभयो । ८६ केजी तौलसमूहमा भक्तपुरका विजय बाटाले काठमाडौंका आयुष अधिकारीलाई हराउँदै स्वर्ण जित्नुभयो । ९२ केजीमाथि काठमाडौंका सन्जोक गुरुङले पहिलो राउण्डमा नै काठमाडौंका शुभम पाठकलाई हराउँदै स्वर्ण आफ्नो बनाउनुभयो ।

महिलातर्फ ४८ केजीमा सिन्धुलीका रमिशा श्रेष्ठले फाइनलमा काभ्रेका पूर्णिमा तामाङ र ५० केजीमाथि भक्तपुरकी अस्मिता दुवालले काठमाडौंकी उर्वशी श्रेष्ठलाई हराउँदै स्वर्ण पदक प्राप्त गर्नुभयो । महिलाकै ५२ केजीमा भक्तपुरकी भावना भण्डारीलाई र ५४ केजीमा काभ्रेकी एलिना गर्बुजालाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउनुभयो । ६० केजीमा नुवाकोटकी रक्षा जिसीले फाइनलमा चितवनकी जस्मिन गुरुङलाई पहिलो राउण्डमा नै हराउँदै स्वर्ण आफ्नो बनाउनुभयो । ६३ केजीमा काभ्रेकी जिबिका थापा र ६६ केजीमा काभ्रेकै प्रतिशा राईले स्वर्ण पदक प्राप्त गर्नुभयो ।

फाइनलमा जीविकाले काठमाडौंकी सञ्जना पुजारी र प्रतिशाले चितवनका तृष्णा गुरुङलाई हराउनुभयो । महिलाकै ७५ केजीमा काभ्रेकी शीला महर्जनले फाइनलमा चितवनकी तनिशा महर्जनलाई हराउँदै स्वर्ण पदक प्राप्त गर्नुभयो ।

विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरी, प्रतियोगिता संयोजक एवं नेपाल बक्सिङ संघका सदस्य मानबहादुर भण्डारी, नेपाल बक्सिङ संघका सदस्य धनकुमार मैनाली, आइटिओ तथा टेक्निकल डेलिगेट पुष्करराज पन्त, बक्सिङका पूर्वप्रमुख प्रशिक्षक प्रकाश थापा मगर लगायतले पुरस्कृत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?