‘उल्टो सुल्टो’ले पुरा गर्‍यो प्रसारणको गौरवमय २०० भाग

Read Time = 4 mins

काठमाण्डौं । नेपाली टेलिफिल्महरुको भिडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल टेलिचलचित्र उल्टो सुल्टोले आफ्नो प्रसारणको गौरवमय २०० भाग पुरा गरेको छ । उक्त अवसरमा राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण टिमले कलाकार, पत्रकार तथा सुभचिन्तकहरुबिच खुशीयाली साटेको छ ।

केक काटेर सुरुवात गरिएको कार्यक्रममा नेपालका बरिष्ठ तथा चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा निर्देशक तथा कलाकार रवी डंगोलले आफुहरुलाई सफलता पूर्वक २०० भाग सम्म पुर्‍याउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले आफुहरुको सानो कोसिसलाई निरन्तर साथ र हौसला प्रदान गर्ने मिडियाहव तथा मिडियाहवका सन्चालक सोम धिताललाई बिशेष धन्यवाद ब्यक्त गर्नुभएको थियो । दर्शकहरुको साथ सहयोग रहे टेलिफिल्मले अझै धेरै सफलता प्राप्त गर्न सक्ने भन्दै दर्शकहरुबाट अझ धेरै साथ सहयोगको अपेक्षा रहेको उहाँले बताउनु भयो ।

यस्तै कलाकार तथा उल्टो सुल्टोका कार्यकारी निर्माता बालदिप राईले निकै आरोह अवरोह पार गर्दै टेलिफिल्मलाई २०० भाग सम्म पुर्‍याएको बताउनुभयो । कोरोना महामारीको चपेटामा पर्दा पनि आफुहरुले निरन्तर टेलिफिल्म छायाँकन र प्रसारण गर्दै आएकोले पनि आफुहरुलाई सफलता मिलेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार तथा निर्देशक श्याम राई, कलाकार पल्पसा डंगोल, कलाकार श्री प्रसाद थापालगाएतले टेलिफिल्म निर्माण टिमलाई सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै कलाकार निशा पाख्रिनले आफु केही भागको लागि भनेर उल्टो सुल्टोमा अनुबन्ध भएको तर पछि टिम एकदमै राम्रो लागेकोले निरन्तर काम गरेको बताउनुभयो । आफ्नो कलाकारीता यात्रामा उल्टो सुल्टोले नयाँ पहिचान दिएको पाख्रिनको भनाई थियो ।

रवि डंगोलको निर्देशन रहेको टेलिफिल्ममा रवी डंगोल, बालदिप राई, सुवाश गजुरेल, श्याम राइ, निशा पाख्रिन, सुसिला निरौला, सुनिता श्रेष्ठ, रक्षा गुरागाइँ, मनोज तामाङ, मुकेश हमाल, मिना लामालगाएतका कलाकारको अभिनय रहेको छ । दिलिप बिष्टको छायाँकन रहेको टेलिफिल्म हरेक शनिबार बेलुकी रमाइलो टेलिभिजन र मिडियाहवको अफिसियल युट्युव च्यानल मार्फत प्रशारण हुदै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?