म अहिले बोलेर काम बर्बाद गर्न चाहन्न : अध्यक्ष नेपाल

हिमालय टाइम्स
Read Time = 2 mins

-पुरन साह

जनकपुरधाम । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफु अहिले बोलेर काम बिगार्ने पक्षमा नरहेको बताएका छन् । संसदमा भइरहेको गतिविधिमा सत्ता वा प्रतिपक्ष कस्को गल्ती हो ? जनकपुरधाममा समाजवादी पत्रकार संगठन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयाे, ‘अहिले यस बारेमा बोलेर मलाई फाइदा छ ?’

एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै नेपालले केहि नेताले जथाभावी बोलेकै कारण देश आज यस्तो अवस्थामा आइपुगेको भन्दै अव आफु बोलेर होइन गरेर जाने सोच बनाएको बताउनुभयाे । उहाँले संसदमा भइरहेको गतिविधि देश र राजनीतिको लागि फाइदाजनक नरहेको समेत बताउनुभयाे । कांग्रेसले प्रधानमन्त्रीसंग नराम्रो गर्‍यो कि राम्रो ? भन्ने प्रश्नमा उहाँ जवाफविहीन बन्नुभयाे ।

उहाँले देशमा भइरहेको राजतिनिक दलको फुट गलत रहेको बताउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसंगको सहकार्य जारी रहने बताउनुभयाे । मधेशमा जसपा नेपाल सत्ताबाट बाहिरिदै छ, मधेश सरकारमा अब यहाँको पार्टी के गर्छ भन्ने जिज्ञासामा उहाँले हाँस्दै भन्नुभयाे, ‘अशोक राय संग पनि हाम्रो सहकार्य भएकै हो, अशोक र यादव जी न मिल्नु होला भन्ने छ र ?’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?