बेल्जियमको पुनरागमन जित

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । युइएफए नेसन्स लिग ‘ए’ समूह ४ मा बेल्जियमले पोल्यान्डमाथि ६-१ को सानदार जित हात पारेको हो । ब्रसेल्समा बेल्जियमको जितमा लियान्द्रो ट्रोससार्डले दुई तथा एक्सेल विस्टेल, केभिन डि बु्रएना, लिन्डर डेन्डनकर र आइकोमा लोइस ओपेन्डाले एक गोल गर्नुभयो । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल गर्नुभयो ।

खेलको २८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । ४२औँ मिनेटमा एक्सेल विस्टेलले बराबरी गोल फर्काउनुभयो । ५९औँ मिनेटमा कप्तान इडेन हाजार्डको पासमा केभिन डि बु्रएनाले, ७३औँ मिनेटमा मिचे बात्सुयाइको पासमा लियान्द्रो ट्रोससार्डले र ८०औँ मिनेटमा यान्निक कारास्को र ८३औँ मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै बेल्जियमलाई ५-१ को जित दिलाउनुभयो । इन्जुरी समयमा लोइस ओपेन्डाले बेल्जियमका लागि छैटौँ गोल गर्नुभएको थियो ।

पहिलो जितसँगै बेल्जियम दुई खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड तीन अंक जोडेरै तेस्रो स्थानमा रहेको छ । यो समूहमा वेल्सले अंकको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा नेदरल्यान्डले लगातार दोस्रो जित निकाल्नेक्रममा वेल्सलाई २-१ ले पराजित गरेको छ । नेदरल्यान्डको जितमा टिउन कुपमेइनर्स र ओउट वेगह्रस्टले गोल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काउनुभयो । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २-१ को रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गोल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काउनुभयो । ५०औँ मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । इन्जुरी समयमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काउनुभयो । लगत्तै वोउट वेगह्रस्टले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गर्नुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः सभापति लामिछाने बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप रास्वपा सभापति लामिछाने भारत भ्रमण सकेर स्वदेश फर्किए