बेल्जियमको पुनरागमन जित

हिमालय टाइम्स
Read Time = 3 mins

लन्डन । युइएफए नेसन्स लिग ‘ए’ समूह ४ मा बेल्जियमले पोल्यान्डमाथि ६-१ को सानदार जित हात पारेको हो । ब्रसेल्समा बेल्जियमको जितमा लियान्द्रो ट्रोससार्डले दुई तथा एक्सेल विस्टेल, केभिन डि बु्रएना, लिन्डर डेन्डनकर र आइकोमा लोइस ओपेन्डाले एक गोल गर्नुभयो । पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले एक गोल गर्नुभयो ।

खेलको २८औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट पोल्यान्डले अग्रता लिएको थियो । ४२औँ मिनेटमा एक्सेल विस्टेलले बराबरी गोल फर्काउनुभयो । ५९औँ मिनेटमा कप्तान इडेन हाजार्डको पासमा केभिन डि बु्रएनाले, ७३औँ मिनेटमा मिचे बात्सुयाइको पासमा लियान्द्रो ट्रोससार्डले र ८०औँ मिनेटमा यान्निक कारास्को र ८३औँ मिनेटमा लिन्डर डेन्डनकरले गोल गर्दै बेल्जियमलाई ५-१ को जित दिलाउनुभयो । इन्जुरी समयमा लोइस ओपेन्डाले बेल्जियमका लागि छैटौँ गोल गर्नुभएको थियो ।

पहिलो जितसँगै बेल्जियम दुई खेलबाट तीन अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित पोल्यान्ड तीन अंक जोडेरै तेस्रो स्थानमा रहेको छ । यो समूहमा वेल्सले अंकको खाता खोल्न सकेको छैन । नेदरल्यान्ड ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा नेदरल्यान्डले लगातार दोस्रो जित निकाल्नेक्रममा वेल्सलाई २-१ ले पराजित गरेको छ । नेदरल्यान्डको जितमा टिउन कुपमेइनर्स र ओउट वेगह्रस्टले गोल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काउनुभयो । युइएफए नेसन्स लिग ‘ए’ ग्रुप ४ मा नेदरल्यान्डले वेल्सलाई पराजित गरेको छ । डच टोलीले वेल्समाथि उसकै मैदानमा २-१ को रोमाञ्चक जित निकालेको हो ।

नेदरल्यान्ड्सको जितमा टिउन कुपमेइनर्स र वोउट वेगह्रस्टले गोल गर्दा वेल्सका रेज नोरिङटन डेभिसले एक गोल फर्काउनुभयो । ५०औँ मिनेटमा टिउन कुपमेइनर्सले गोल गर्दै डच टोलीलाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । इन्जुरी समयमा वेल्सका रेज नोरिङटन डेभिसले बराबरी गोल फर्काउनुभयो । लगत्तै वोउट वेगह्रस्टले गोल गर्दै नेदरल्यान्ड्सको जित पक्का गर्नुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?