तेस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप अर्को साता

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल ई-स्पोर्ट्स संघको आयोजनामा तेस्रो नेपाल ई-स्पोर्ट्स च्याम्पियनसिप २०२२ असार २३ देखि २५ गतेसम्म आयोजना हुने भएको छ । पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेस्रो संस्करण आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

छोटो समयमा नै विश्वका युवाहरूमाझ लोकप्रिय खेल ई-स्पोर्ट्स नेपालमा पनि पछिल्लो समय युवाहरूमाझ निकै नै रुचाइएको खेल पर्दछ । थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा डोटा दुई, सिएस गो नौ, एमएलबिबी नौ, टेकेन सात र पब्जी नौ गरी पाँच विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक संघका अध्यक्ष सुरज डंगोेलले च्याम्पियनसिपका प्रतियोगिताहरू सञ्चालन भइसकेका र असार २३ गतेदेखि फाइनल खेलहरू आयोजना हुनेसमेत जानकारी गराउनुभयो । जसमा डोटा दुईमा आठ टिमका ४३ खेलाडीहरूले सहभागिता जनाएकोमा बेडोज र टेन्जीकु ग्याङ, सिएस गोमा दुई टिम लेजन र ख्याकका ११ खेलाडीहरू, एमएलबिबीमा १७ स्क्वाडका १०५ खेलाडीहरूले सहभागिता जनाएकोमा पिङपङ र एभेन्जर्स, टेकेन सातमा तीन खेलाडीहरू रहेकोमा ब्रोरोच र दुर्गेसिंह १७ र पब्जीमा ५७ स्क्वाडमा २८४ खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको र १६ स्क्वाडका बीच असार १६ गतेसम्म सेमिफाइनलका प्रतिस्पर्धा भइरहेको अध्यक्ष डंगोलले जनाउनुभएको छ ।

च्याम्पियनसिप इन्डोनेसियाको बालीमा आयोजना हुने १४औँ विश्व ई-स्पोर्ट्स च्याम्पियनसिप २०२२ को छनोट प्रतियोगितासमेत रहेको छ । विजयी खेलाडी तथा टिमले दक्षिण एसियाली क्षेत्रीय च्याम्पियनसिपमा छनोट भएपश्चात् विश्व च्याम्पियनसिपमा सहभागिता जनाउने आयोजकले जनाएको छ ।

च्याम्पियनसिपलाई विभिन्न संघसंस्थाले साथ दिएका छन् । जसमध्ये इभेन्ट्स म्यानेजमेन्टको जिम्मेवारी माइस प्रालिले लिएको छ । यस्तै एपि-१ ले स्थान उपलब्ध गराएको छ भने प्राइम कलेजले पनि च्याम्पियनसिपलाई साथ दिएको छ । प्राइमले विजयी पाँच खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कार्यक्रममा बोल्दै प्राइम कलेजका प्रिन्सिपल एनपी शर्माले पढाइमात्र नभई खेलकुद गतिविधिमा समेत कलेजको लगानी रहेको भन्दै आफ्ना कलेजका आइटीका विद्याथीहरू र युवाहरूका बीच निकै नै लोकप्रिय रहेको ई-स्पोर्ट्सलाई साथ दिन पाएकोमा हर्ष महसुस भएको भन्दै ५ खेलाडीहरूलाई स्नातक तहको छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?