प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की निश्चित

फाइल फोटो

Read Time = 2 mins

विराटनगर । प्रदेश १ मा एक सातामा नयाँ सरकार बन्ने भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी गर्न आहृवान गरेसँगै सरकार गठनको बाटो खुल्ला भएको हो । आइतबार प्रदेश प्रमुख खापुङले सरकार गठनको लागि आहृवान गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न खापुङले आग्रह गर्नुभएको छ ।

संविधानको धारा १७८ को उपधारा (१) अनुसार कुनै पनि राजनीतिक दलको बहुमत नभएकाले उपधारा २ बमोजिम सरकार गठन हुने भएको छ । आइतबार जारी विज्ञप्तिमा ‘प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं १ को प्रदेशसभाको सदस्यलाई प्रदेश नं १ को मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०७९ पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूबाट आहृवान भएको छ,’ पत्रमा उल्लेख छ ।

प्रदेश १ मा सत्तारूढ गठबन्धनअन्तर्गत नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बन्ने प्रष्ट भएको छ । प्रदेश १ मा एमालेको ४०, माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको एक सिट छ । प्रदेशमा जम्मा ९३ सांसद छन् । सरकार गठनका लागि ४७ सिट आवश्यक पर्छ ।

नेकपा एमालेको नेतृत्वमा सरकार गठन गर्ने अन्तिम तयारीमा रहेका सत्तारूढ दलहरू बाँकी मन्त्रालय र सभामुख उपसभामुखको भागबण्डाको तयारीमा छन् । एमालेको तर्फबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने हुनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?