सुदूरपश्चिममा सवारी दुर्घटना घट्दै

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 2 mins

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना घट्दै गईरहेको छ ।

तराईका दुई र पहाडका सात गरि जम्मा नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका राजमार्ग तथा ग्रामीण सडकहरुमा चल्ने बिभिन्न प्रकारका सवारी तथा यातायातका साधनहरुमा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा आर्थिक वर्ष २०७९/०८० अषाढ मसान्तसम्म ५३ प्रतिशतले कमी भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले जानकारी दिएको छ ।

आ.व.२०७८/०७९ मा ट्रक, टिप्पर, डोजर लोडर, बस, मोटरसाइृकल, कारजिप, ट्रयाक्टर, टेम्पो, माईक्रो लगायतका बिबिध यातायातका साधनहरु दुर्घटनामा संलग्न ६७२ रहेका थिए भने आ.व.२०७९/०८० को अषाढ मसान्त सम्म ३२० अथवा ४७ प्रतिशत रहेको जानकारी कार्यालयले दिएको छ ।

दुर्घटनामा आ.व.२०७८/०७९ मा पुरुष महिला वालक वालिका गरि १९६ जनाले ज्यान गुमाएका थिए भने सवारी दुर्घटना घटदा आ.व.२०७९/०८०मा उक्त संख्या पनि घटेर १७७ पुगेको कार्यालयमा तथ्यांक रहेको कार्यालयका प्रहरी नायब उपरिक्षक दिपेन्द्रकुमार पालले जानकारी दिनुभएको छ ।

सडकमा दुर्घटना कम हुनुको कारण कार्यालयले सञ्चालन गरेका ट्राफिक सचेतना तथा यात्रुहरुलाई दिईएको जनचेतना सन्देश, कडा चेकजाँच कार्यक्रमसँगै प्राबिधिक विषयको सुधार लगायतले सवारी दुर्घटना कम हुँदै गएको उपरिक्षक पालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?