काठमाडौं महानगर : स्थापित र सिर्जनाबीच प्रतिष्पर्धा, बालेन धेरै अगाडी

Read Time = 1 min

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र उम्मेद्वार बालेन शाहले अग्रता कायम राख्नुभएको छ । पछिल्लो ताजा मतपरिणाम अनुसार लौरो चुनाव चिन्ह लिनुभएका शाहले २१ हजार ६२२ मत प्राप्त गर्नुभएको छ ।

शाहलाई निरन्तर पछ्याई रहनुभएका नेकपा (एमाले)का मेयर पदका उम्मेद्वार केशब स्थापितले ११ हजार ३६ मत ल्याउनु भएको छ ।

यस्तै, गठबन्धनकी साझाँ उम्मेद्वार नेपाल कांग्रेसकी सिर्जना सिंहले १० हजार दुई सय ६७ मत ल्याउनुभएको छ ।

शनिबार बिहान पौने दश बजेबाट सुरु भएको मतगणना जारी छ । पहिलो स्थानमा रहनुभएका शाह र दोस्रो स्थानका स्थापितबीच दश हजार ५८६ का मतान्तर रहेको छ ।

पछिल्लो अपडेट अनुसार अहिलेसम्म ५५ हजार ६८९ मतगणना भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?