वल्र्ड लिंकले समयमा काम नभए क्षतिपूर्ति दिने

Read Time = 1 min

काठमाडौं । वल्र्ड लिंकले देशभर करिब एक सय ७० ‘सपोर्ट जोन’ स्थापना गरेको छ । सबै क्षेत्रमा ग्राहकको इन्टरनेटसम्बन्धी समस्या समाधान गर्न सक्षम दक्ष प्राविधिक टोली खटाइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार काठमाडौं उपत्यकामा हरेक चार किलोमिटर क्षेत्रमा एउटा ग्राहक सहायता क्षेत्र रहेका छन् । जसका कारण इन्टरनेटसम्बन्धी कुनै समस्या परेमा गुनासो प्राप्त भएको दुई घण्टाभित्र वल्र्ड लिंकका कर्मचारी समाधान गर्न ग्राहकको घरमा पुग्न सक्ने कम्पनीको दाबी छ ।

विशेष कारणबाहेक दुई घण्टाभित्र कर्मचारी नपुगेको अवस्थामा कम्पनीले क्षतिपूर्तिस्वरूप दुई दिनका लागि निःशुल्क इन्टरनेट उपलब्ध गराउने कम्पनीका निर्देशक लक्ष्मण यादवले बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?