इसेवाद्वारा श्रेष्ठलाई काठमाडौंमा घर उपहार

Read Time = 3 mins

काठमाडौं । इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा युएइमा बस्ने पूर्णबहादुर श्रेष्ठ काठमाडौंमा घर जित्न सफल हुनुभएको छ । शुक्रबार इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनी ट्रान्सफरको आधिकारिक फेसबुक पेजमार्फत् गर्नुभएको प्रत्यक्ष डिजिटल गोलाप्रथामा युएइमा बस्ने श्रेष्ठ घर जित्न सफल हुनुभएको हो ।

विजेता श्रेष्ठ ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल, बोजेपोखरीमा तीन आनामा बनेको साढे दुई तलाको घर जित्न सफल भएको कम्पनीले जनाएको छ । श्रेष्ठले युएइबाट इसेवा मनी ट्रान्सफरमार्फत् आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स पठाउनुभएको थियो ।

इसेवा मनी ट्रान्सफरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद दिँदै भन्नुभयो, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट गु्रपअन्तर्गतको कम्पनी इसेवा मनी ट्रान्सफरले रेमिट्यान्सलाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीलाई म धन्यवाद दिन चाहन्छु ।’

इसेवा मनी ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्स वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहित गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियानमार्फत् विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एकजनालाई बम्पर उपहारस्वरूप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स पठाउने व्यक्तिहरू अभियानमा सहभागी भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?