रोडिज यामाहा फिल्ड अडिसन

Read Time = 2 mins

काठमाडौं । रोडिज सिजन ५ को यामाहा फिल्ड अडिसन नेपालका विभिन्न शहरमा पुगेको छ । यामाहा रेसिङको प्रस्तुति हिमालय रोडिज, सबै थ्रिल खोज्ने र साहसिक उत्साहीहरूलाई उक्त भव्य यात्रामा सहभागी हुन कम्पनीले आहृवान गरेको छ । अडिसन देशको उल्लेखनीय विविधता झल्काउँदै र सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गर्दै नेपालभरका विभिन्न यामाहा शोरुममा हुने कम्पनीले जनाएको छ ।

जेठ १४ मा यामाहा शोरुम हेटौंडामा, जेठ १७ मा यामाहा शोरुम नेपालगञ्जमा, जेठ १९ मा यामाहा शोरुम पोखरामा, जेठ २१ मा यामाहा ब्लु स्क्वायर काठमाडौंमा अडिसन हुँदैछ । कम्पनीका अनुसार उल्लेखित अडिसनहरूमा सहभागीले रोमाञ्चक चुनौतीको सामना गर्नेछन् र निर्णायकलाई प्रभाव पार्न आफ्ना सीमाका पर्खाललाई पनि धक्का दिनेछन् ।

आकांक्षी रोडिजले आगामी सिजनमा स्थान सुरक्षित गर्न र रोडिज सिजन ५ को प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्ने मौकाका लागि आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेछ । त्यतिमात्र नभई यामाहासँग आफ्ना सबै डाइ–हार्ड फ्यानका लागि पनि केही विशेष छ । मिट एण्ड ग्रिट नामक भेटघाट सत्रमा प्रशंसकहरूले आफ्ना मनपर्ने रोडिज प्रतियोगी भेट्ने र नजिक हुने अवसर प्राप्त गर्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?