-निर्मल ढुंगाना
विराटनगर । कोशी प्रदेश नामाकरणमा असहमति जनाउँदै आएको पहिचानवादी र प्रहरीवीच आइतबार पुनः झडप भएको छ ।
आइतबारदेखि सुरु भएको कोशी प्रदेशसभाको बजेट अधिवेशन सदनभित्र चलिरहँदा बाहिर सडक रणमैदान बनेको थियो । प्रदेश सभा सदस्यहरुलाई नामाकरण विरुद्धमा दवाव सिर्जना गर्न पहिचानवादीहरुले विराटगनर केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।
प्रदेश सभा संचालन नभएसम्म चुपचाप बसेका पहिचानवादीहरुले संसद बैठक सुरु भएसँगै दवाव मूलक आन्दोलन सुरु गरेका थिए ।
विराटनगरलाई केन्द्रविन्दु बनाएर आन्दोलन चर्काउन पहिचानवादीहरु प्रदेशका विभिन्न जिल्लाबाट विहानैदेखि सयौंको संख्यामा विराटनगर उत्रेका थिए । विभिन्न नाकाबाट पस्न खोज्ने पहिचानवादीलाई विराटनगर पस्न नदिने रणनीति प्रहरीले अख्तियार गरेको थियो । तर त्यो सफल हुन सकेन ।
प्रदेश सभा सचिवालय रहेको देवकोटा चोक क्षेत्रमा लगाइएको निषेधाज्ञा तोड्न खोजेपछि प्रहरी र पहिचानवादीबीच झडप भएको थियो । पहिचानवादीले प्रदेश सभाको बैठक विथोल्न सक्ने आशंकामा विहानदेखि नै बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएको थियो । प्रहरीले प्रदेशसभा प्रवेश गर्ने अस्पताल चोक र देवकोटा चोकतर्फ घेराबेरा गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख दीपक पोखरेलले प्रहरीले अत्यन्त संयम अपनाएको बताउनु भयो । उहाँले शान्ति सुरक्षा खल्बलिन नदिनका लागि विराटनगरका संवेदनशील स्थानमा प्रहरी ब्यारिकेडसहित खटिएको बताउनु भयो । एसपी पोखरेलले पहिचानवादीको उग्र आन्दोलनलाई नियन्त्रण गर्न ७४ राउण्ड अश्रुग्यास प्रहार गरेको बताउनु भयो । उहाँले भीड तितरवितर गर्न बाध्य भएर ३८ राउण्ड हवाई फायर र पानीको फोहोरा प्रयोग गर्नु परेको बताउनु भयो । यस्तै झडपका क्रममा १६ पहिचानवादी र ३० प्रहरी घाइते भएको एसपी पोखरेलले बताउनु भयो ।
फागुन १७ गते कोशी प्रदेश नामाकरण पश्चात पहिचानवादीले यसका विरूद्ध आन्दोलन चर्काउँदै आएका छन् । बाहिर सडक रणमैदान बनिरहँदा सदन भने शान्तिपूर्ण संचालन भयो । शुन्य समयमा बाेल्दै सांसदहरुले नामाकरणको विषयमा उठेको संघर्षलाई साम्य पार्न वार्ता टोलीको गठनमा जोड दिए ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सुरक्षाकर्मी तैनाथ गरेर प्रदेशसभाको बैठक संचालन गर्न नैतिकताले नदिने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच