विराटनगर । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई सर्वसम्मत चयन हुनुभएको छ । यसअघि तदर्थ समितिको अध्यक्ष रहनुभएका राई धरानको बुढासुब्बा गोल्डकपका संस्थापकसमेत हुनुहुन्छ । संघको प्रथम अधिवेशनले राईलाई निर्विरोध अध्यक्ष चयन गरेको हो । संघको उपाध्यक्षमा मणिकुमार लिम्बू, समिर राई, सफल किराँत, खड्कबहादुर श्रेष्ठ, शिव न्यौपाने र कविरमान तुम्बापो चयन हुनुभएको छ ।
त्यस्तै, सदस्यमा लक्ष्मीप्रसाद काफ्ले, मनेश दाहाल, शम्भु प्रधान, महानन्द भक्तराज, रञ्जन कार्की, शारदा लिम्बू, रसिन तामाङ, अनुरोध थापा क्षेत्री, हिमाल थापा मगर, प्रेमप्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बू र गोकर्ण भट्टराई चयन हुनुभएको छ । उपाध्यक्ष र सदस्य पनि सर्वसम्मत चयन हुनुभएको हो । संघको विधानअनुसार महासचिव र कोषाध्यक्ष पनि आगामी बैठकले चयन गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच