एसियाडका लागि कराँतेका आठ खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चार महिनापछि चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि कराँतेका आठजना खेलाडी छनोट भएका छन् । नेपाल कराँते महासंघका अनुसार कुमुतेका ६ र एकल काताका दुई खेलाडी छनोट भएका हुन् ।

नेपाल कराँते महासंघको आयोजनाामा बुधबार सम्पन्न छनोटमा पाँच खेलाडीले छनोट चरण पार गरे । त्यसअघि पहिलो दिन मंगलबार तीन खेलाडी छनोट भएका थिए । बुधबार एरिका गुरुङ, सविना श्रेष्ठ, मोहम्मद शेख आलम र विप्लवलाल श्रेष्ठले छनोटमा स्थान बनाउनुभयो ।

एरिका ६८ केजीमाथि र सविना ६१ केजीमुनिको तौल समूहमा छनोट हुनुभएको हो । यस्तै, मोहम्मद शेख ७५ केजी तथा विप्लव ८४ केजीमाथिको तौल समूहमा छनोट हुनुभएको हो । त्यसअघि मंगलबार कातामा महिलामा कर्णालीकी एलिसा रास्कोटी र पुरुषमा स्वोनिम मानन्धर छनोट हुनुभएको थियो ।

यसअघि छनोट भएर प्रशिक्षणमा रहेका खेलाडीहरूबीच लिगका आधारमा भएको प्रतिस्पर्धामा एलिसा र स्वोनिम विजयी हुनुभएको थियो । कुमुते ६० देखि ६७ केजीमा सन्तोष श्रेष्ठ छनोट हुन सफल हुनुभएको छ ।

कातामा ६ र कुमुतेमा ३१ गरी ३७ जना खेलाडीले छनोटमा भाग लिनुभएको थियो । चीनको हान्झाउमा असोज ६ देखि २१ गतेसम्म १९औँ एसियाड हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?