खाणका पक्षमा दुई पुर्वमहान्यायधिवक्ता र बारका तीन पुर्व अध्यक्षले बहस गर्ने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहनुभएका पुर्व गृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् ।

काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक बहसमा खाणको पक्षमा बहस गर्न दुई पुर्व महान्यायधिवक्ता र तीन नेपाल बार एशोसियनका अध्यक्षलगायतले बहस गर्ने भएका हुन् ।

जसअनुसार पूर्व महान्यायाधिवक्ता खम्मबहादुर खाती र महादेव यादव तथा बारका वर्तमान अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वअध्यक्षद्धय शेरबहादुर केसी र प्रेमबहादुर खड्कालगायतका बरिष्ठ अधिबक्ताले बहस गर्नका लागि नाम टिपाउनुभएकाे छ ।

उता, सरकारका पक्षवाट भने सरकारी वकिल कार्यालयका अधिबक्ताहरू महेश खत्री, जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेुहुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?