नेपालले जित्यो सिरिज, रुविना सर्वोत्कृष्ट

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको  महिला सिरिजको उपाधि जितेको छ । मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेपालले पाँच खेलको सिरिज ३-२ ले आफ्नो पक्षमा पार्‍यो ।

मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको मद्दतमा सर्वाधिक ३४ रनको योगदान दिनुभयो । त्यसैगरी कप्तान रुविना क्षेत्रीले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाउनुभयो । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योति पाण्डेले ११ रन जोड्नुभयो । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिनुभयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाउनुभयो भने विनिफ्रेड दुराई सिंमले २५ बलमा २४ रन जोड्नुभयो । त्यस्तै, महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाउनुभयो ।

बलिङतर्फ नेपालकी कविता जोशीले दुई विकेट लिनुभयो भने ईश्वरी विष्टले एक विकेट झार्नुभयो । यसअघि भएको पहिलो खेलमा नेपाल पाँच विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई सात विकेटले हराएको थियो । त्यसैगरी तेस्रो खेलमा नेपाल २७ रनले विजयी हुँदा चौथो खेलमा मलेसियाले नेपाललाई ६ विकेटले हरायो ।

प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री सर्वोत्कृष्ट खेलाडी चुनिनुभयो । नेपाललाई सिरिज ३-२ ले जिताउन अलराउण्ड प्रदर्शन गर्नुभएकी रुविना प्लेयर अफ द सिरिजको सर्वोत्कृष्ट खेलाडी चुनिनुभएको हो । रुविनाले पाँच खेलको सिरिजमा ८१ रन बनाउनुका साथै ५ विकेट लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?