सूर्य नेपाल प्रिमियर गल्फ आजबाट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सूर्य नेपाल गल्फअन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आज (मंगलबार)बाट हुने भएको छ । सोमबार नेपाल गल्फर एसोसिएसन नेपालले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलबारबाट आयोजना हुने जानकारी दिएको हो ।

गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता शुक्रबार सकिनेछ । प्रतियोगितामा ४१ प्रोफेसनल खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल गल्फर एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

विजेताले दुई लाख ७० हजार प्राप्त गर्दा उपविजेताले एक लाख ७० हजार पाउनेछन् । यस्तै, तेस्रोले एक लाख २० हजार, चौथोले एक लाख र पाँचौँले ८६ हजार नगद पुरस्कार पाउनेछन् । शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउनेछन् । त्यस्तै, च्याम्पियनसिप सकिएको भोलिपल्ट शनिबार प्रोफेसनल र एमेच्योर प्रतियोगिता हुनेछ । जसमा २५ प्रोफेसनल र १०० एमेच्योर गल्फरले सहभागिता जनाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?