बजेटमाथिको छलफल जारी, संसद्का दुवै सदनको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ ।

आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल हुनेछ ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको विषयलाई लिएर गत आइतबार संसद् अवरुद्ध भएको थियो भने बंगलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने विषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ मागेपछि बजेट माथिको छलफल सहज तरिकाले अघि बढ्न सकेको थिएन ।

तर, सोमवार प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेकाले बजेटमाथिको छलफलले निरन्तरता दिन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?