वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा छ : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ ।

बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताउनु भयो । उहाँले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभइ सरकारकै सहयोगमा लागेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरुलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’

प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?