७० जना सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण

हिमालय टाइम्स
Read Time = 2 mins

-सरोज निरौला
उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ ले सुत्केरीहरुलाई पौष्टिकजन्य आहार वितरण गरेको छ । गरिव परिवारलाई लक्षित गरि वडा भित्रका ७० सुत्केरीहरुलाई पौष्टिकजन्य आहार बितरण गरेको हो ।

आज वडा कार्यलयमा एक कार्यक्रम गर्दै वडा भित्रका सुत्केरी महिलालाई घिउ, ज्वानो, चना, मोटर र मुसुरीको दाल मिलाएर बितरण गरिएको वडा सचिव निरु कार्कीले जानकारी दिनुभयाे ।

सुत्केरी महिलालाई प्रोत्साहन र सम्मान स्वरुप थोरै भएपनी पौष्टिक आहार वितरण गरेको कार्य वाहक वडा अध्यक्ष अनिता थापाले जानकारी दिनुभयाे ।

सुत्केरी अवस्थामा साविक भन्दा बढी पोषिलो खानामा बढी ध्यान दिनुपर्ने हुन्छ। पोषिलो खाना र सरसफाइमा सुत्केरी महिला तथा घर परिवारका महिलाहरुको ध्यान पुगोस् भनेर पौष्टिकजन्य आहार वितरण गरिएको का. वा. अध्यक्ष थापाले जानकारी दिनुभयाे।

गर्भावस्थादेखि बच्चा २ वर्षको हुने समय सम्मको लागि सुनौला हजार दिन भनिन्छ। हजार दिनका महिलाहरुलाई अन्य समय भन्दा बढी मात्रामा पोषिलो खाना खानुपर्ने भएकाले पौष्टिकजन्य आहार वितरण गरेको वडा सचिव कार्कीले बताउनु भयाे ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?