इसेवा मनि र नबिल बैंकबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । दुई सयभन्दा बढी राष्ट्रमा कारोबार विस्तार गर्दै आएको इसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौताअन्तर्गत विदेशबाट इसेवा मनिमार्फत् पठाएको रेमिट्यान्स नबिल बैंकका सातै प्रदेशमा रहेका दुई सय ५५ शाखाबाटै भुक्तानी गर्न सकिनेछ ।

सम्झौतापत्रमा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?