इजरायलद्वारा महासागर दिवसका उपलक्ष्यमा समुद्र सरसफाइ कार्यक्रम

Read Time = 2 mins

तेल अवीव । महासागर दिवसका सन्दर्भमा इजरायलको वातावरण संरक्षण मन्त्रालयले ‘स्वच्छ बीच’ कार्यक्रमअन्तर्गत भूमध्यसागर र लाल सागरमा सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ । प्रकृति र पार्क प्राधिकरणको सहयोगमा इजरायल डाइभिङ एसोसिएसनको ‘सी गार्ड’ को नेतृत्वमा डाइभहरू पनि सञ्चालन गरिएको छ ।

गतसाता जाफाको गिवात आलिया, हर्जलियाको समुद्री तट र दोर-नाचशोलिमको समुद्री तटमा भएको सरसफाइ कार्यक्रममा ५५ जना गोताखोरले भाग लिएका थिए । सो सरसफाइ कार्यक्रममा प्लाष्टिक, डिस्पोजेबल खाद्य प्याकेजिङ र पेय पदार्थको क्यानबाट बनेको करिब १२० किलो फोहोर संकलन गरिएको थियो ।

‘क्लिन कोष्ट प्लान’ इजरायलमा सञ्चालित समुद्री फोहोरको समस्यालाई सम्बोधन गर्ने राष्ट्रिय कार्य योजना हो । यो कार्यक्रमले समुद्री फोहोर र विशेषगरी प्लाष्टिक फोहोरबाट हुने खतराहरू रोक्नुपर्ने आवश्यकताका बारेमा सर्वसाधारणलाई जानकारी गराउँछ ।

सन् २०२३ वातावरण संरक्षण मन्त्रालयको स्वच्छ तटीय कार्यक्रमको १८औं वर्ष हो । कार्यक्रमको उद्देश्य इजरायलमा तटीय र समुद्री फोहोरको खतरालाई न्यूनीकरण गर्नुका साथै वातावरण र जनताको हितका लागि अन्तरराष्ट्रिय प्रतिबद्धता अनुसार समुद्र तट र समुद्र सफा गर्ने कार्य गर्नु हो । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?