अष्ट्रेलियाको संसद्मैै सिनेटरमाथि यौन आक्रमण

Read Time = 3 mins

सिड्नी । एकजना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताउनुभएको छ । बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सिर्जना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गर्नुभएको छ ।
लिवरल पार्टीका सांसद डेभिड भानले आफूमाथि यौन दुव्र्यवहार गरेको पीडित थोर्पेको आरोप छ । डेभिडलाई उहाँको दलले निलम्बन गरेको छ । उहाँले आफूमाथि आधारहीन आरोप लगाइएको बताउनुभएको छ । आफूमाथि लगाइएको आरोपबाट आफू चकित भएको उहाँले उल्लेख गर्नुभएको छ ।

जब आरोपहरू अष्ट्रेलियाको गम्भीर मानहानि कानुनबाट सुरक्षित थिए, थोरपेले भन्नुभयो कि भ्यानले यस मामिलामा वकिलहरूलाई संलग्न गराएको थियो र उहाँले संसदीय नियमहरू नेभिगेट गर्न आफ्नो मुद्दा पुनः दोहोर्‍याउनु परेको थियो ।

आफूमाथि भएको यौन आक्रमणबारे बताउँदै पीडितले आफू सदनबाट बाहिरिने बेलामा सधै सर्वप्रथम सुस्तरी ढोकाबाट हेर्ने, भ¥याङ र वरपर कोही पुरुष नभएको निक्र्योल गरेरमात्र हिँड्नुपर्ने परिस्थिति उत्पन्न भएकाले संसद् भवन नै महिलाका निम्ति असुरक्षित रहेको गुनासो गर्नुभयो । संसद्बाट एक्लै बाहिरिन नसकिने उहाँको कथन थियो । आफूले भोग्नुपरेको दुव्र्यवहारको शिकार अन्य महिला सांसद पनि भएका तर उनीहरूले आफ्नो ‘करिअर’लाई महत्व दिएकाले त्यसलाई गौण राखेका उहाँले बताउनुभयो ।

सन् २०२१ देखि अष्ट्रेलियाको राजनीति र संसद् यौन हमला र उत्पीडनका ‘हाइ प्रोफाइल’ काण्डबाट प्रभावित भएको छ । त्यसबेलाकी पूर्वराजनीतिक सहयोगी ब्रिटनी हिगिन्सले कञ्जरभेटिप पार्टीका एक जना कर्मचारीले अत्यधिक मदिरा पिएपछि क्याबिनेट मन्त्रीको संसदीय कार्यालयको सोफेमा बलात्कार गरेको आरोप लगाउनुभएको थियो ।

अष्ट्रेलियाको संसद्मा यौन उत्पीडनका घटना बढेपछि सरकारीस्तरमा गरिएको एक अनुसन्धानले पनि सांसद र कर्मचारी यौन हिंसाको शिकार भएका पुष्टि गरेको थियो । अनुसन्धानअनुसार हरेक तीन जनामध्ये एकजना यौन दुव्र्यवहार झेल्नु परेको थियो जसमा ६३ प्रतिशत महिला सांसद कुनै न कुनै रूपमा यौन हिंसाको शिकार भएका थिए । रासस/एएफपी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?