नियतमा खोटैखोट

Read Time = 18 mins

नमागिएको सल्लाह :
प्रजातान्त्रिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन, माओवादीले जनयुद्ध भन्ने गरेको धेरै नेपाली जनताको बलिदान भएको आन्दोलनबाट खारिएका र स्थापित भएका नेताहरूलाई जनताले आदर्शका प्रतिमूर्ति ठानेर नै हरेक आन्दोलनमा बलिदानीपूर्ण साथ दिएका थिए । आफ्ना नेतामा निष्ठाको अपेक्षा गरेका थिए । आदर्शको प्रतिपूर्ति ठानेका थिए । नठानून् पनि कसरी ? कतिपय ज्यानको बाजी लगाएर हिँडेका थिए, कतिपय अपांग भएका थिए । कतिपयको परिवार क्षत विक्षत भएको थियो तर त्यागी र निष्ठावान कार्यकर्ता अहिले पनि चरम आर्थिक संकटबाट गुज्रिरहेका छन् ।

केही टाठाबाठा विलासी जीवन बिताउन सक्ने भएका छन् । हिजो आन्दोलनको समयमा आफ्नो अन्तर्वार्ता छापिएको पत्रिका किन्न एक रुपैयाँ सापट माग्ने आजका दिनमा सामान्य पेट दुखेको उपचार गर्न विश्वकै सम्पन्न र महँगो शहरमा गई उपचार गर्ने हैसियतका भएका छन् । यस्तै उपचारको बाहनामा कतिपयले अवैध रूपमा आर्जित धनको व्यवस्थापन गर्ने साइत पनि जुराउने होलान् । तर, दुःखका बेला सहयोग र साथ दिने अवसर नपाएका कार्यकर्ताहरू भने सामान्य रोग लाग्दा औषधि किनेर खान नसक्ने अवस्थामा छन् । राजनीतिमा वर्ग खडा भएको छ । पटक–पटक अवसर पाउँनेहरू सामन्ती जीवन बिताइरहेका छन् भने अवसर नपाउनेहरू न्यायपूर्ण अवसर होस् भनेर सामन्तीकरण भएका आफ्ना नेताको ढोका ढोका चहारेर अपहेलित व्यवहार खेपिरहेका छन् ।

अहिले मूलधारमा देखिएका नेताको व्यवहारले सर्वसाधारणमा राजनीतिप्रति वितृष्णा उत्पन्न भएको छ । अहिलेका नेताको व्यवहारले राजनीति छलकपट, धुत्र्याइँ, दलाली र बिचौलियागिरीको विकृत धन्दा हो भन्ने बुझाइ बढ्दो छ । राजनीतिको अपराधीकरण भएकाले राजनीति र अपराध कर्म छुट्याउन आममानिसलाई कठिन भएको छ । के नेताहरू समाज बदल्नभन्दा आफैं बदलिनमात्र राजनीतिमा लागेका थिए ? जनताको गरिबी निवारणको नारा दिएर आफ्नो गरिबी निवारणका लागि राजनीतिमा होमिएका थिए ? भन्नेजस्ता प्रश्न खडा भएका छन् ।

नेताहरूले, लोकतन्त्रका लागि, आजको अवस्था ल्याउन लडेको, त्यतिकै आजको दिन आएको होइन भने तापनि जनताको जनजीविकामा सुधार नआएका कारण नेताहरूले भन्ने गरेको अहिलेको लोकतन्त्र कस्तो तन्त्र हो ? यो लोकतन्त्र हो कि लुटतन्त्र हो भन्ने दोधारमा जनता पुगेका छन् ।

नेताहरूले, लोकतन्त्रका लागि, आजको अवस्था ल्याउन लडेको, त्यतिकै आजको दिन आएको होइन भने तापनि जनताको जनजीविकामा सुधार नआएका कारण नेताहरूले भन्ने गरेको अहिलेको लोकतन्त्र कस्तो तन्त्र हो ? यो लोकतन्त्र हो कि लुटतन्त्र हो भन्ने दोधारमा जनता पुगेका छन् । सरकारका पछिल्ला केही कामले जनताका यिनै आशंका र संशयलाई बल दिने काम गरेको छ । चुनावी भाषणमा र देखावटी रूपमा जेजस्ता आदर्शको रटान लगाए तापनि माथिदेखि तलसम्म अधिकांशको नियतमा खोट देखिएको छ । यो आलेखमा सरकारलगायत समग्र राज्यप्रणालीको नियत बारे चर्चा गरिनेछ ।

बजेटमा पक्षपात :
अर्थमन्त्री प्रकाश शरण महतले सार्वजनिक गरेको बजेटलाई प्रतिपक्षले आलोचना गर्नु र विरोध गर्नुलाई स्वाभाविक मान्न सकिन्छ तर सत्ताघटककै नेताहरूले प्रधानमन्त्रीलाई भेटेर यथास्थितिमा बजेट पास गर्न नसकिने धम्की दिएका छन् । उनीहरूको गुनासो, बजेटका सैद्धान्तिक पक्षमा र जनताको हितको पक्षमा भन्दा अरू ठूला नेतालाई गरेको जस्तो पक्षपोषण आफूलाई नभएको प्रति छ । देशका ७७ जिल्लामध्ये ५१ प्रतिशत बजेट चार जिल्लाका लागि छुट्याइएको छ । शेरबहादुर देउवाको डडेल्धुरा, प्रधानमन्त्री प्रचण्डको गोरखा, अर्थमन्त्री र भौतिक योजनामन्त्रीको आफ्ना आफ्ना जिल्लामा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमको आधाभन्दा बढी बजेट विनियोजन भएकोमा माधव नेपालहरूको विरोध रहेको छ ।

जब कि एकजना सुविधाभोगी मन्त्री नेपालको पार्टीकै छन् । अरू नेताको जस्तो माधव नेपाल र उपेन्द्र यादवको क्षेत्र वा जिल्लालाई सम्झेर पक्षपोषण गरिएको भए उनीहरूको गुनासो नरहन सक्थ्यो । नेताजीहरूको अहं तुष्टिको विषय महत्वपूर्ण भएको छ । जनताको तुष्टिको होइन । यसमा अर्थमन्त्रीले दुई तरिकाले सोच्न सक्दथे । एक, संयुक्त सरकार छ, यसै पनि मिलाउन कठिन छ । मुलुक र समाजलाई खुशी पार्ने नियत लिएर अगाडि बढ्यो भने सरकार जनतामा समेत लोकप्रिय भएर राजनीतिक स्थायित्वको वातावरण बन्न सक्दछ, दुई, मौका आउँछ पर्खँदैन त्यसमा चुक्ने महालण्ठ हो त्यसैले मौकामा चौका हानिहालौं भन्ने सोच । यी दुईमध्ये पछिल्लो सोच नेपालमा हावी भएको छ ।

वर्तमान अर्थमन्त्रीले जनता खुशी पार्नु थिएन, जसलाई खुशी पारेर मन्त्री भएका थिए उनलाइ खुशी पार्न कुनै कसर बाँकी राखेनन् । देउवाको जिल्लामा मात्र २१ प्रतिशत र नुवाकोटमा १३ प्रतिशत विनियोजन गरेर ‘आफ्नो हात जगन्नाथ’ भन्ने उक्तिलाई सबैले बुझ्ने गरी चरितार्थ गरे । नेपालको राजनीतिमा विकृतिको पर्यायको रूपमा लिने गरिएकी नेतापत्नी खुशी पार्न पनि उनले कुनै कसर बाँकी राखेनन् । किनकि, बुढ्यौलीले गाँजेका नेताको वास्तविक कार्यकारी नेता अवतार, मन्त्रीले नेता पत्नीमा देखेका छन् । किन चाहियो आदर्श, त्यो आदर्श फुल्नु, फल्नु कहिले हो कहिले ? नेता र नेतापत्नीलाई खुशी पारेपछि फल प्राप्ति नै फल प्राप्ति । नियतमा खोटको नमुना ।

नागरिकलाई अनागरिक बनाउने नियत :
नेपाली नागरिकका सन्तानलाई अनागरिक बनाएर कथित राष्ट्रवादी बन्न चाहने र राजनीतिमा अवसरवादको खेती गर्नेहरूको बिगबिगी देखिएको छ । विचित्र त के छ भने नागरिकता विधेयकमा हुँदै नभएको विषयलाई उछालेर सिन्दुरसँगै नागरिकता भनेर गतिलै नाटकको मञ्चन भएको छ । यसमा यसभन्दा अगाडिका राष्ट्रपति पनि बहकिन पुगिन् अन्य सामाजिक सञ्जालका अप्रमाणित विषय पढेर धारणा बनाउनेको के कुरा गर्नु र ? यसमा सबैभन्दा ठूलो पार्टी हुँ भनेर दाबी गर्नेको दोहोरो भूमिका देख्दा यो हदसम्मको खोटो नियत भनेर नियत भन्ने शब्द नै आजित भइसकेको होला ।

यसमा सरकारभन्दा पनि समग्र राज्यप्रणाली पूर्वाग्रही देखिएको छ । राष्ट्रपतिबाट संवैधानिक अस्पष्टताको बीचमा प्रमाणीकरण भएको छ । सम्बन्धित मन्त्रालयबाट अस्पष्ट परिपत्र भएको छ । अदालताबाट प्राथमिकतामा राखेर अल्पकालीन आदेश भएको छ । सडकमा पीडित दुखेसो गरिरहेका छन् । राज्यका निकाय उनीहरूको वेदना सुन्नेभन्दा आ–आफ्ना रोटी सेक्नमा तल्लीन छन् ।
एमालेलाई आफू सरकारमा रहँदा प्राथमिकतामा राखेको अध्यादेशमा समावेश भएका विषय समेटेर बनाएको विधेयक संसद्मा पुनः पेश गरेर अगाडि बढाउन राजनीतिक पूर्वाग्रहले दिएन । प्रमुख प्रतिपक्षसँग सल्लाह गरेर द्रुत गतिमा विधेयक अघि बढाउन सरकारलाई अहंकारले दिएन । सरकारले ल्याएको विधेयक अनेक बिंगा लगाएर असंवैधानिक काम गर्न पूर्ववर्ती राष्ट्रपतिलाई पार्टीप्रतिको पूर्वाग्रहले दिएन । यत्र तत्र व्याप्त खोटो नियतका कारण पाउनुपर्नेले नागरिकता पाएन ।

सडक भत्काउने अभियान-असारे विकास :
काठमाडौं उपत्यकामा चिल्लो कालो पिच देख्नै नहुने जस्तो भएको छ । त्यस्तो देख्यो कि अर्को निकाय खन्न आइसकेको हुन्छ । खन्ने काममा सिपालुपन देखिन्छ खनिसकेपछि कालोपत्रे गर्ने काम अलपत्र । कालोपत्रे सडकको दुर्दशा अन्य जिल्लामा भन्दा पनि काठमाडांै उपत्यकामा बढी देखिएको छ । विकासे निकायबीचमा समन्वयको अंश देखिँदैन । सरकारको आम्दानी नभएर निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको सरकारले स्रोतको यो हदसम्मको अपव्यय गरेको देख्दा चिन्तित नहुने को होला ?

राजधानी हुन लायक भूगोल भएर पनि संरचनाको विकासको कारण काठमाडौं राजधानी जस्तो कहिल्यै देख्न पाइएन । पर्यटनको प्रवद्र्र्धन गरेर आर्थिक समृद्धि हासिल गर्ने भनेर रटान लगाउने हामी काठमाडौंलाई राजधानी जस्तो बनाउन होइन यसलाई बिगार्न तल्लीन भएजस्तो देखिन्छ ।

मन्सुन सुरु हुने बेलामा गरिने असारे विकासको कलंकित कार्यक्रमअन्तर्गतको खन्नेपुर्ने कामले त वर्षाद्का कारण वरिपरिको जमिन लडाएर मर्मत गर्ने स्थानको खर्च नै धेरै बढिसकेको हुन्छ । स्थायी रूपमा पानी आउँने अत्तोपत्तो छैन, मेलम्ची खानेपानीले सडकलाई दुःख दिएको लामो समय भइसक्यो । बिजुलीको तार भूमिगत गर्ने काम कत्तिको दिगो हुने हो सन्देह छ, यसको बाहनामा सडक कुरूप बनाएको लामो समय भइसक्यो । सतहमा देखिने संरचना मर्मत-संभार गर्नेसम्म हैसियत नभएको नेपालको व्यवस्थापन शैलीले भूमिगत संरचनाको चुस्तता कसरी कायम राख्न सक्ला ? मानिसहरू सन्देह गरिरहेका छन् ।

राजधानी हुन लायक भूगोल भएर पनि संरचनाको विकासको कारण काठमाडौं राजधानी जस्तो कहिल्यै देख्न पाइएन । पर्यटनको प्रवद्र्र्धन गरेर आर्थिक समृद्धि हासिल गर्ने भनेर रटान लगाउने हामी काठमाडौंलाई राजधानी जस्तो बनाउन होइन यसलाई बिगार्न तल्लीन भएजस्तो देखिन्छ । सबैले पढेको र महसुस पनि गरेको समन्वय भन्ने विषयलाई नेपालमा चाहिँ कार्यान्वयनमा ल्याउन कठिनाइ के रहेछ कुन्नि !

फोहोर व्यवस्थापनमा खराब नियत केही महिना अगाडि हाम्रो एउटा समूह दोलखाको कालिञ्चोक गएकोमा सार्वजनिक यातायतका सहचालकको फोहोर विसर्जनको तौरतरिका देख्दा बेचैन भयो । प्लास्टिकमा जम्मा गरेर राखेको फोहोर जहाँ मन लाग्यो त्यही विसर्जन गरिदिने चलन बनाएका रहेछन् । काठमाडौं लगायतका स्थानबाट घुम्न जान रुचाइने सुकुटेमा आएर प्लाष्टिकका बोतललगायत सबै फोहोर नदी नजिक निर्धक्कसँग विसर्जन गरिदिए । हामी केही जनाको प्रतिरोधले केही काम गरेन । सार्वजनिक यातायातका सहचालकसँग धेर जोरी खोज्यो भने अपमान भोग्नुपर्छ भन्ने भोगाइ र ज्ञान भएकाले धेरै जोडबल गर्न उपयुक्त ठानिएन ।

दुई साताअगाडि ट्राभल एजेन्सीले समन्वय गरिदिएको भ्रमणमा ताप्लेजुङको पाथिभरा जाने योजना गरियो । सातजना पारिवारिक सहयात्री भएर त्यतातर्फ प्रस्थान गरियो । त्यसका चालकको फोहोर व्यवस्थापनको तौरतरिका उस्तै रहेछ । जे फोहोर उत्पादन हुन्छ, त्यसलाई सडक, नदी जहाँ अनुकूल हुन्छ त्यहीँ फालिदिने । बोलैया स्वभावका भएका कारण चालक भोला गिरि (नाम परिवर्तन)लाई अबदेखि सार्वजनिक स्थानमा फोहोर विसर्जन नगर्ने विषयमा सहमत गराउन सफल भइयो ।

उनी हाम्रो आग्रहलाई सहजै अस्वीकार गर्ने स्वभावका थिए । मनमा लागेको कुरा बोल्ने, लागेको कुरा गर्ने । पाँचदिनको सहयात्रामा उनी फोहोर विसर्जन गर्ने स्थान पहिचान गरेर फोहोर विसर्जन गर्नेमा सहमत भए । जसलाई हामीले हाम्रो टोलीको यात्राको उपलब्धिका रूपमा ग्रहण ग¥यौं । उनलाई पनि फोहोर विसर्जन सार्वजनिक स्थानमा गर्नु हुँदैन भन्ने ज्ञान नभएको होइन । तर, राज्यका सबै निकायबाट सबैले गैरजिम्मेवारीपन देखाउने गरेकाले उनले आफ्नो हैसियत अनुसारको गैरजिम्मेवार काम गर्ने गरेका रहेछन् ।

नियत पनि पानीजस्तै रहेछ । माथिबाट तलतिर बग्ने । पानी त मुहानमा फोहोर भए तापनि बग्दै गएपछि ढुंगा, गेग्रन, बालुवा आदिसँग ठक्कर खाएर सङ्लिँदै जान्छ । नियत त यस्तो रहेछ ठक्कर दिने बलियो अवयव नभए तलसम्म सर्दै जाने । सरुवा रोग जसरी सल्कँदै जाने । हाम्रो समाजमा खोटो नियतले महामारीको रूप लिएको छ । त्यसले सरकारलगायत राज्य संयन्त्रलाई गाँजेको छ । राजनीति, प्रशासन, व्यवसायी, पेशाकर्मी, किसान, मजदुर, नागरिक समाज, बुद्धिजीवी, पण्डित, पुरोहित कसैलाई छोडेको छैन ।

ठूला मानिस जता गएका छन् त्यसलाई बाटो भनिएको छ । समाजमा खोटो नियत भएका ठूला मानिसहरूको बाहुल्य भएका कारण हाम्रो समाज नै गलत गन्तव्यमा गइरहेको त छैन ? लक्षण त्यस्तै देखिँदैछ । सावधानी अपनाउनु प¥यो नि । सोचौं है राज्यका ठूला भनाउँदाहरू । जनताले आफ्नो धर्म छोड्नु भएन । सबै जनाले आफ्नो आफ्नो ठाउँबाट सोचौं । समय बितेपछि फर्केर आउँदैन । नियतमा खोट नराखौं ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?