राष्ट्रिय परिचयपत्र बनाउँदा सिन्दुर पुछ्नुपर्ने नियम हटाउन माग

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय परिचयपत्र बनाउँदा आफ्नो सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार र पोशाक लगाउन नपाइने नियम हटाउन माग गरिएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद अब्दुल खानले सांस्कृति, रीतिरिवाजअनुसार लगाइएका श्रृंगार पुछ्नुपर्ने र पोशाक लगाउन नपाउने नियमले आमनागरिक राष्ट्रिय परिचयपत्र बनाउने कार्यलाई बहिस्कार गरिरहेको जानकारी दिनुभएकाे छ । यसका साथै यस्ता प्रावधान हटाउनुपर्ने उहाँको माग छ ।

‘आफ्नो संस्कृतिअनुसार महिलाले लगाएको सिन्दुर पुछ्नुपर्ने, दोपट्टा टाउकोबाट हटाउनुपर्ने, कन्ठी फुकाल्नुपर्ने र टीका पुछ्नुपर्ने नियमले राष्ट्रिय परिचयपत्र बनाउन नागरिकले बहिस्कार गरेका छन्,’ उहाँले भन्नुभयाे, ‘यस्तो बाध्यकारी नियम हटाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. यो परिचय पत्र नेपाल सरकारले नेपाली नागरिकलाई अर्कै देशको नागरिक बनाउनको लागि बनाएको हो जस्तो लाग्छ। परिचय भनेको के हो? के व्यक्तिको परिचय उसको राष्ट्रबाट अलग रहेर पनि हुन्छ र? यो कस्तो परिचय हो जुन जन्तालाई राष्ट्रियताबाट बञ्चित गरेर बनाईदैछ। ढाकाटोपी लगाउन नपाउने, सिन्दूर लगाउन नपाउने , पोते लगाउन नपाउने यस्ता वाहियात परिचय पत्रको केही काम छैन हामी नेपालीलाई। हाम्रो पूरानै नेपाली नागरिकता ठीक छ आफ्नो परिचय बताउनको लागि।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?