नयाँलाई ‘अण्डरइष्टिमेट’ गर्ने चलन छ : प्रतीक्षा काफ्ले, मोडल

Read Time = 6 mins

यामनाथ काफ्ले र नैना काफ्लेको कोखबाट पाँचथरको फिदिम नगरपालिका-१ मा जन्मनुभएकी प्रतीक्षा काफ्ले यतिबेला काठमाडौंलाई कर्मथलो बनाएर मोडलिङ क्षेत्रमा आफ्ना क्रियशनमार्फत् धेरैको मन जित्न सफल हुनुभएको छ । उहाँले एक दर्जनको हाराहारीमा म्युजिक भिडियोमा अभिनय कौशल प्रस्तुत गर्नुभएको छ । उहाँले अभिनय गरेका ‘मनका कुरा’, ‘तिम्रो आकर्षणले’, ‘खोली किनारको चिप्लो ढुंगोलाई’, ‘आँखामा निद छ’ लगायत गीतका भिडियो सार्वजनिक भएका छन् । कला क्षेत्रमा नयाँलाई ‘अण्डरइष्टिमेट’ गर्ने चलन रहेको गुनासो गर्नुहुने मोडल प्रतीक्षा काफ्लेसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको कुराकानीको संक्षिप्त अंशः-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
पढाइसँगै मोडलिङ र म्युजिक भिडियोलाई सँगसँगै अगाडि बढाइरहेकी छु । पढाइ अनि म्युजिक भिडियोमा नै व्यस्त छु ।

मोडलिङ क्षेत्रमै किन लाग्नुभयो ?
बच्चा बेलादेखि यो क्षेत्रप्रति रहेको रुचिलाई मूर्त रूप दिन । साथै नाम र प्रसिद्धिका लागि भन्नुपर्ला ।

कस्तो पाउनुभयो यो क्षेत्र ?
म यतिबेला संघर्षकै फेजमा छु । त्यसैले मेरा लागि यो क्षेत्र अवसर र चुनौतीपूर्ण दुवै छ ।

अहिलेसम्म यहाँले कति जति प्रस्तुतिमा आफ्नो प्रतिभा देखाउने अवसर पाउनुभयो ?
मैले अहिलेसम्म एक दर्जनको हाराहारीमा म्युजिक भिडियोमा काम गरिसकेकी छु । आधा दर्जनजति सार्वजनिक भएका छन् । अरू आउने क्रममा छन् ।

केहीको नाम लिनुपर्दा ?
रामकृष्ण ढकालको स्वर, अर्जुन पौडेलको शब्द/संगीत रहेको ‘मनका कुरा’, नारायण थापा र मेलिना राईको ‘तिम्रो आकर्षणले’, दीपक शर्माको शब्द/संगीतमा रहेको ‘खोली किनारको चिप्लो ढुंगोलाई’, मिलन नेवारको स्वर, मय खनालको शब्द र शंखर थापा इस्माइलको संगीतमा रहेको ‘आँखामा निद छ’ लगायत रहेका छन् ।

लिजेड कलाकारहरूसँग काम गर्ने सपना हरेक कलाकारको हुन्छ । मोडल बन्न सबैभन्दा मुख्य कुरा आफूमा कन्फिडेन्ट/इच्छाशक्ति, कामप्रतिको लगाव, कुनै पनि चरित्रलाई निभाउन सक्ने क्षमता र कामप्रतिको निरन्तरताले नै मोडलसँगै एउटा राम्रो कलाकार जन्माउँछ भन्ने लाग्छ ।

पहिलो म्युजिक भिडियो गर्दाको अनुभव ?
पहिलो काममा उत्साहसँगै थोरै डर भए तापनि एउटा राम्रो टिम र टिमवर्क भएपछि एकदमै स्मरणीय भयो ।

नवकलाकारलाई विभिन्न अफर गर्छन् भन्छन् नि ? तपाईंलाई पनि आएको छ यस्तो अफर ?
त्यस्तो मैले पनि सुन्दै आएको चाहिँ हो तर त्यस्तो सम्झौता नै गरेर काम गर्नुपर्ने बाध्यता चाहिँ आइपरेको छैन । टिकटकबाट आएकाले गर्दा पनि होला त्यस्ता अफर अथवा दुव्र्यवहार बेहोर्नुपरेको छैन र त्यस्ता कुरा स्वीकार्य पनि छैन ।

कोसँग काम गर्ने इच्छा छ ?
इण्डष्ट्रीका लिजेड कलाकारहरूसँग काम गर्ने सपना हरेक कलाकारको हुन्छ । नाम नै लिनुपर्दा म राजेश हमालको लिन्छु । साथै अहिलेको बजारको माग भएका कलाकारहरूसँग पनि काम गर्ने इच्छा छ ।

मोडल बन्न के कुरा चाहिन्छ ?
मोडल बन्न सबैभन्दा मुख्य कुरा आफूमा कन्फिडेन्ट/इच्छाशक्ति, कामप्रतिको लगाव, कुनै पनि चरित्रलाई निभाउन सक्ने क्षमता र कामप्रतिको निरन्तरताले नै मोडलसँगै एउटा राम्रो कलाकार जन्माउँछ भन्ने लाग्छ ।

यो क्षेत्रमा नआएको भए कहाँ हुनुहुन्थ्यो ?
यो क्षेत्रमा नआएको भए व्यापार व्यवसायको क्षेत्रमा हुन्थेँ ।

परिवारबाट कत्तिको सहयोग पाउनुभएको छ ?
परिवारको साथ र सपोर्टले नै यहाँसम्म आइपुगेकी हुँ ।

कुनै मान-सम्मान, अवार्ड पनि पाउनुभएको छ ?
नेपाल म्युजिक एण्ड फेसन अवार्ड, स्पर्श म्युजिक भिडियो अवार्डलगायतका सम्मानहरू प्राप्त गरेकी छु ।

फुर्सदमा के गर्नुहुन्छ ?
फुर्सदमा पढ्ने, डान्स गर्ने, फिजिकल वर्कआउट गर्ने, घुम्ने साथै सपिङ गरेर समय बिताउँछु ।

अन्त्यमा ?
नयाँलाई ‘अण्डरइष्टिमेट’ गर्ने चलन छ, त्यो हटोस् । मेहनतको कदर होस् । गीतसंगीत क्षेत्रमा देखिएका विकृति विसंगतिको अन्त्य होस् भन्न चाहन्छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?