अफ्रिका कप अफ नेसन्स : अन्तिम १६ को समीकरण पुरा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ को समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेलहरु सकिएसँगै नकआउट चरणमा पुग्ने १६ टिमको टुंगो लागेको हो ।

समुह ‘ए’ बाट इक्वेटोरियल गिनी र नाइजेरिया, समुह ‘बी’ बाट केप भर्डे र इजिप्ट, समुह ‘सी’ बाट सेनेगल र क्यामरुन, समुह ‘डी’ बाट एंगोला र बुर्किना फासो, समुह ‘ई’ बाट माली र दक्षिण अफ्रिका, समुह ‘एफ’बाट मोरक्को र डिआर कंगो राउण्ड १६ मा पुगेका छन् ।

त्यसैगरीसबै समुहका तेस्रो स्थानमामा रहेका टिमहरुबाट शिर्ष चारमा रहेका टिमहरु समुह ‘ए’ को आइभरी कोष्ट, समुह ‘सी’ को गिनी, समुह ‘डी’ को मारुतानिया र समुह ई को नामिबिया पनि नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब राउण्ड १६ मा नाइजेरियाले क्यामरुनको सामना गर्ने छ भने एंगोलाले नामिबियाको सामना गर्ने भएको छ ।

त्यसैगरी केप भर्डेले मारुतानियाको सामना गर्ने छ भने मोरक्कोले दक्षिण अफ्रिकाको सामना गर्ने छ । त्यस्तै मालीले बुर्किना फासोको सामना गर्ने छ भने सेनेगलले आइभरी कोष्टको सामना गर्ने छ । त्यसैगरी इजिप्टले डिआर कंगोको सामना गर्ने छ भने इक्वेटोरियल गिनीले गिनीको सामना गर्ने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?