जर्मनबाट कामदारको माग, श्रम सम्झौता गरेर पठाउने तयारीमा सरकार

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सरकारले श्रम सम्झौता गरेर वैदेशिक रोजगारीमा कामदार पठाउने तयारी गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव भएसँगै नेपाली श्रमिकलाई रोजगारीमा लिन त्यहाँको श्रम तथा रोजगार मन्त्रालयले औपचारिक प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । युरोपका विकसित देश जर्मनले नेपाली श्रमिक विभिन्न क्षेत्रमा लिन औपचारिक प्रस्ताव गरेको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले दिनुभयो ।

जर्मनको प्रस्ताव गरेपछि आवश्यक तयारी अगाडि बढाएको र जर्मनसँग श्रम सम्झौता गरेर नेपाली कामदार पठाउन आवश्यक प्रक्रिया सुरु गरेको उहाँले बताउनुभयो । ‘जर्मनले नेपालबाट सामान्य कामदार लैजाने र जर्मनका कामदारले केही महिना तालिम दिएर रोजगारी दिने गरी प्रक्रिया अगाडि बढेको छ । जर्मनले केही महिना अगाडि नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमा आवश्यक छलफल गर्दै सम्झौताको लागि दुवै देशका अधिकारीहरूबीच ड्राफ्ट तयार पारिएको छ ।’ उहाँले भन्नुभयो, ‘युरोपमा पनि नेपाली कामदार जाने क्रम बढ्दो छ । विगत केही समययता नेपालीहरूको रोजगार गन्तव्य युरोप बन्दै छ । जसकारण नेपालीहरू युरोपका केही देशसँग रोजगार गन्तव्य बन्दै छन् ।’

जर्मनको डिमाण्डअनुसार नेपाली श्रमिक पठाउन हो । जर्मनले ट्रेनिङसँगै रोजगारी दिनेसमेत प्रस्ताव गरेको श्रम मन्त्रालयले जानकारी गराएको दियो । सम्झौताको ड्राफ्ट तयार पारेर निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गरिएको छ । मन्त्रिपरिषद्बाट पारित भएसँगै दुवै देशबीच सम्झौता हुने र श्रम सम्झौता भएपछि नेपाली कामदार लैजाने बाटो खुल्ने मन्त्रालयले जनाएको छ । जर्मन वार्षिक दुईदेखि तीन हजार कामदार पठाउन सकिने श्रम मन्त्रालयले जनाएको छ । त्यहाँ रोजगारीमा जाने कामदारको मासिक कमाइ दुई लाख रुपैयाँसम्म हुने अनुमान श्रम मन्त्रालयको छ ।

सामाजिक सुरक्षा र मानव अधिकारको दृष्टिकोणले समेत राम्रो रहेको जर्मनमा नेपाली कामदारहरूले सीपसँगै राम्रो पुँजीसमेत ल्याउन पाउने मन्त्रालयको विश्वास छ । जर्मनले लैजाने नेपाली कामदारहरूलाई जर्मन कामदारसरह तलब तथा सेवा-सुविधा उपलब्ध गराउने श्रम मन्त्रालयको भनाइ छ । खाडी मुलुकलाई गन्तव्य बनाउँदै आएकोमा अब सरकारले विकल्प खोज्न थालेको छ । युरोपेली देशहरूसँग सम्झौता गरेर नेपाली श्रमिक त्यतातिर पठाउनतिर लागेको श्रम मन्त्रालयले जनाएको छ । प्रविधि र अर्थतन्त्रको हिसाबले अग्रपंक्तिमा रहेको जर्मनीसँग सम्झौता गरेर कामदार पठाउँदा फाइदा श्रम मन्त्रालयको विश्वास छ । हाल जर्मनमा पाँच हजारभन्दा धेरै नेपालीहरू रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । जर्मन अध्ययनका लागि पुगेका नेपालीहरू उतैै रोजगारी गर्दै बस्ने गरेका छन् । जर्मन पछिल्लो समय नेपालीहरू अध्ययनका लागि पनि जाने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?