क्यानाडाको जनसंख्या चार करोड

जनसंख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत

Read Time = 1 min

ओटावा । क्यानाडाको जनसंख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्यांक हेर्दा कुल जनसंख्या चार करोड पुगेको देखिएको छ । क्यानाडाको जनसंख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीको संख्या १,०५०,११० ले बढेको हो ।

यो संख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको हो । जनसंख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ । सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइसराइ जिम्मेवार रहेको राष्ट्रिय तथ्यांक निकायले जनाएको छ । क्यानाडा जनसंख्या वृद्धिका सन्दर्भमा जी–७ देशहरूमा अग्रपंक्ति छ ।

यदि जनसंख्या वृद्धिको यो दर आगामी वर्षमा स्थिर रहृयो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुनसक्ने बताइएको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?