‘तिमी विना जीवन’ भन्दै सीमान्त र सब्बु

Read Time = 1 min

काठमाडौं । सीमान्त सन्तोष र सब्बु केसीको स्वरमा रहेको गीत ‘तिमी विना जीवन’ सार्वजनिक भएको छ । ध्रुव विश्कोको शब्द/संगीत, योगशकाजीको संगीत संयोजन र नरेन्द्र वियोगीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सुदीप वरालको निर्देशन रहेको भिडियोमा सीमान्त र स्वरूपा सुवाललाई फिचरिङ गरिएको छ । सुदीपकै छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको कलर एवं सम्पादन छ ।

मुस्ताङका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको भिडियो सीमान्तको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?