
काठमाडौं । इतिहासकार, अनुसन्धानकर्मी कृष्णविक्रम नेम्वाङको निधन भएको छ । क्यान्सरका बिरामी उहाँको ८२ वर्षको उमेरमा ललितपुरस्थित हरिसिद्धि क्यान्सर हस्पिटलमा आइतबार निधन भएको हो । उहाँले लामो समय नेपाली कांग्रेसको राजनीतिमा पनि बिताउनुभएको थियो ।
२०१७ सालमा राजा महेन्द्रले बीपी कोइरालाको सरकार अपदस्थ गर्ने बित्तिकै पूर्वको पाँचथरबाट सशस्त्र क्रान्तिको घोषणा गर्ने मध्येका एक उहाँ हुनुहुन्थ्यो । २०१७ मा राजा महेन्द्रले बीपीलाई जेलमा हालेलगत्तै दार्जिलिंगमा पढिरहनुभएका नेम्वाङले आफ्ना दाजु दिव्यविक्रमसँग मिलेर आफ्नो सेन्ट रोबर्टस स्कुल र चौरस्तामै विरोधसभा गरेर उहाँ स्वदेश फर्किनुभएको थियो ।
पाँचथरको पौवासारतापस्थित आफ्नो गाउँमा फर्केर उहाँले सैन्य कुलाई हतियारले मात्रै परास्त गर्न सकिने निर्णयसहित पुलिसका बन्दुक खोस्न थाल्नुभएको थियो । त्यसका नेता उहाँकै दाजु भूविक्रम नेम्वाङ हुनुहुन्थ्यो ।
गिरिजाप्रसाद कोइराला, सुशील कोइरालासँग निकट रहेर काम गर्नुभएका नेम्वाङले राजनीति छाडेपछि राजनीतिक इतिहासबारे किताबहरू लेख्नुभएको हो । उहाँकी पत्नी तुलसाको पाँच वर्षअघि क्यान्सर रोगका कारण निधन भएको थियो । नेम्वाङले लिम्बू इतिहासलगायत थुप्रै किताब लेख्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच