मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन गएका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयबिरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौं पुग्नुभएका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार अदालतभित्र होहल्ला र नाराजुलुस गरेको भन्दै प्रहरीले चलाउनेलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुअघि उहाँले आफूले यो मुद्दामा ५ वर्ष चक्कर काटिसकेको र अझै न्याय नपाएको बताउनु भयो । उहाँले देशमा न्याय मरेको र मानवता हराएको बताउनु भयो । उहाँले आफूले बन्द इजलास र सरकारबाट न्याय नपाएको गुनासो गर्नुभयो । आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषदको निर्णय गरेपछिको आफूले बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताउनु भयो । सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको आरोप उहाँको छ ।

उहाँले भन्नुभयो, ‘म अदालतको चक्कर काटेको ५ वर्ष भयो । यो देश गुण्डाहरुले राज गरेको देश रहेछ । यहाँ न्याय पनि केही पाइँदो रहेनछ । सरकारले सत्य, न्याय, मानवता मारेको छ । म न्याय खोज्न कहाँ जाउँ ? अदालतमा दर्ता भएको मुद्दा सरकारले फिर्ता लियो । अब म न्याय खोज्न कहाँ जाउँ ? त्यसले म समाजमा न्याय खोज्न आएँ । मेरा सबै बाटो बन्द भए । जे गर्छ अदालतले गर्छ भनेर म अदालततिर थिएँ । तर सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मारेको छ । ममाथि संगठित अपराध भएको थियो । ममाथि हमला भएको थियो । उनीहरु विद्यार्थी थिएनन् ।’

आफूलाई न्याय दिनुको साटो सरकारले अदालतलाई बाइपास गरेर सुनुवाई हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ता लिनु उचित नभएको बताउनु भयो । उहाँले अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिनु राजनीतिको अपराधीकरण भएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?