सेञ्चुरी र क्यान्सर सेन्टरबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र चाँगुनारायणस्थित काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौतासँगै उक्त क्यान्सर सेन्टरमा बैंंकका कर्मचारी तथा ग्राहकले उपचार सेवामा सहुलियत पाउने भएका छन् ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहकवर्ग तथा बंैकका कर्मचारीले थ्रिडी सिआरटी, आइएमआरटी र भिएमएडीलगायतका सेवामा छुट पाउने बैंकले जनाएको छ । सम्झौतापत्रमा काठमाडांैं क्यान्सर सेन्टरका अध्यक्ष अञ्जनीकुमार झा र बैंकतर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्रबाबु विष्टले हस्ताक्षर गर्नुभएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?