विवाहका लगन किन थोरै हुन्छन् ?

Read Time = 17 mins

✍️ डा. नारायणप्रसाद निरौला

सृष्टि प्रक्रियालाई निरन्तरता दिने कार्य विशेषलाई विवाह भनिन्छ । मानवले औपचारिक रूपमा आफ्ना विधि-विधानपूर्वक विवाह गर्दछन् भने मानवेतरको अनौपचारिक विवाह हुन्छ । प्रकृति र पुरुषको संयोगबाट सृष्टिको सुरुवात विवाहपश्चात् हुने गर्दछ । जीवनचक्रलाई निरन्तरता दिन नै विवाहका विधि अवलम्बन गरिन्छन् । हरेक सजीव प्राणीको सृष्टि प्रक्रिया यही प्रणलीमा आधारित छ । मानव सचेत प्राणी भएर नै विवाह विधिलाई विशेष बानउने गर्दछन् ।

संसारमा विवाह विधि भिन्न भिन्न प्रकृतिका पाइन्छन् । मूलतः स्त्री र पुरूषबीचको सहअस्तित्वको स्वीकार नै विवाहमा हुने गर्दछ । जसलाई कसिलो बनाउन अनेका विधि र प्रक्रिया अवलम्बन भएका पाइन्छन् । विवाहित स्त्री पुरूषका जीवनमा पारिवारिक, आर्थिक, धार्मिक, सामाजिक आदि दायित्व हुन्छन् । यिनै दायित्वमा बाँधिने कार्य विशेष नै विवाह हो । मनुले आठ प्रकारका विवाहको चर्चा गरेका छन् । ‘ब्राहृमो दैवस्तथैवार्ष प्राजापत्यस्थासुरः । गान्धर्वौ राक्षसश्चैव पैशाचष्टमोऽधमः ।।’ (मनु३।२१) अर्थात् ब्राहृम, दैव, आर्ष, प्राजापत्य, आसुर, गान्धर्व, राक्षस र पैशाच । यी आठ विवाहमध्ये सुरुका चारवटालाई राम्रा स्तुत्य विवाह मानिएको छ भने अन्य चार विवाहलाई निन्दनीय मानिएको छ ।

विवाहमा सौरमार प्रधान हुन्छ । चन्द्रमाहिनाले वैशाख छ तर सौर महिनाले चैत्र नै छ भने यस्तो स्थितिमा विवाह गर्न निषेध गरिएको छ । यसैले सातवटा महिना मात्र विवाहका निम्ति ग्राहृय रहन्छन् । यसरी जुरेका महिनाभित्र पनि उपयुक्त नक्षत्र, तिथि, बार जुरेको हुनुपर्दछ ।

विधिपूर्वक गरिने विवाह सनातन पद्धतिअनुसार आफ्नै नियममा बद्ध भएका छन् । उपयुक्त समयमा गरिएका कार्य नै फलदायी हुने गर्दछन् । हरेक कार्य गर्ने विशेष समय हुन्छ । यसैले विवाहका निम्ति पनि उपयुक्त समयको निर्धारण गरिएको छ । ज्योतिष एवं धर्मशास्त्रका विधिनिर्देश अनुसार विवाहका साइत जुर्ने गर्दछन् । जसका लागि धेरै विषयवस्तु अनुकूल तुल्याउनुपर्ने हुन्छ । यसैले विवाहका लगन प्रायः थोरै हुने गर्दछन् । विवाहका लागि सर्वप्रथम उपयुक्त महिना आवश्यक हुन्छ । सबै महिनामा विवाह गर्न मिल्दैन । वैशाख, जेठ, मंसिर, माघ, फागुन र आषाढको प्रथम तृतीयांश अर्थात् आषाढ शुक्लप्रतिपदाबाट दशमीसम्म, हरिशयनी एकादशीपूर्व मात्र विवाहका महिना जुर्ने गर्दछन् ।
‘मिथुनकुम्भमृगालिवृषाजगे मिथुनगेऽपि रवौ त्रिलवे शुचेः ।
अलिमृगाजगते करपीडनं भवति कार्तिकपौषमधुष्वपि ।।’(मुहूत्र्तचिन्तामणिः, ६।१३)
विवाहमा सौरमार प्रधान हुन्छ । चन्द्रमाहिनाले वैशाख छ तर सौर महिनाले चैत्र नै छ भने यस्तो स्थितिमा विवाह गर्न निषेध गरिएको छ । यसैले सातवटा महिना मात्र विवाहका निम्ति ग्राहृय रहन्छन् । यसरी जुरेका महिनाभित्र पनि उपयुक्त नक्षत्र, तिथि, बार जुरेको हुनुपर्दछ । मृगशिरा, हस्त, मूल, अनुराधा, मघा, रोहिणी, उफा, उषा, उभाप र स्वाती विवाहका निम्ति शुभ नक्षत्र मानिएको छ । यस्ता नक्षत्र पनि पापग्रहले युक्त छन् भने त्याज्य रहन्छन् । यसका साथै पापग्रह बसेको नक्षत्रबाट पञ्चशलाकामा सामनेको नक्षत्र पनि अशुभ रहने गर्दछ । शलाका चक्रमा वेधरहित नक्षत्रमात्र शुभ रहन्छ भनी मुहूत्र्तचिन्तामणिमा बताइएको छ :
‘निर्वेधैः शशिकरमूलमैत्र्यपित्र्यब्राहृमान्त्योत्तरपवनैः शुभो विवाहः ।
रिक्ताऽमारहिततिथौ शुभेऽहिृन वैश्व–प्रान्त्याङ्घ्रिः श्रुतितिथिभागतोऽभिजित्स्यात् ।।’ (मुहूत्र्तचिन्तामणिः, ६।५५)
विवाहका लागि उपयुक्त तिथि पनि आवश्यक रहन्छ । रिक्ता (४।९।१४) र औंसी (३०) बाहेकका अन्य तिथि शुभ रहन्छन् । (मु.चि. ६।५५) यसमा पनि प्रदोष परेको द्वादशीलाई उपयुक्त मानिँदैन । तिथि पनि अनुकूल भएपछि वार पनि शुभ हुनु अनिवार्य रहन्छ । विवाहका लागि मंगलबार अशुभ मानिएको छ । आइतर, शनिबार मध्यम हुन् भने अन्य बार शुभ रहन्छन् :
‘शुक्लद्वितीयादित एव कृष्णे पक्षे दशम्यान्तर्गताः प्रशस्ता ।
तास्वाष्टमीस्कन्द्रगणेशदुर्गाचतुर्दशी चापि तिथिर्विवज्र्य ।।
वाराः प्रशस्ताः शुभखेचराणां सूर्यार्किवारौ खलु मध्यमौ तौ ।
त्यज्यः सदा भूमिसूतस्य वारः कामार्कतिथ्योरपि तौ प्रदोषौ ।।’ (पीयूषधारटीका, वसिष्ठको मत, पृ.३४८)
यसैगरी विवाहका लागि निषिद्ध मुहूत्र्त पनि बताइएको छ । ४८ मिनेटको एक मुहूत्र्त हुन्छ । दिनमा पन्ध्र मुहूत्र्त र रातमा पनि १५ मुहूत्र्त हुन्छन् । आइतबार दिनको चौधौं मुहूत्र्त अशुभ रहन्छ र सोमबार नवौं र बाह्रौं मुहूत्र्त, बुधवार आठौं मुहूत्र्त, बिहीबार छैटौं र बाह्रौं मुहूत्र्त, शुक्रबार चौथो र नवौं र शनिबार पहिलो र दोस्रो मुहूत्र्त निषेध गरिएको छ । यसैगरी रातमा सोमबार र शुक्रबार आठौं मुहूत्र्त र शनिबार पहिलो मुहूत्र्तमा विवाह निषेध गरिएको छ । (मुहूत्र्तचिन्तामणि, ६।५२-५४)

यसैगरी विवाहका निम्ति मृत्युवाण त्याज्य रहन्छ । सूर्य १,१०,१९,२८ अंशमा रहेका दिन मृत्युबाण हुन्छ । (मु.चि. ६।७४) यसका साथै विवाहमा संक्रान्तिको आसपासको विशेष समय त्याग्नुपर्दछ । हरेक ग्रह एक राशिबाट अर्को राशिमा गएको दिन तत् ग्रहको सङ्क्रान्ति हुन्छ । सूर्यसंङ्क्रान्ति भएको ३३ घटी त्याज्य रहन्छ । यसैगरी चन्द्रसङ्क्रान्ति भएको २ घटी, मंगल सङ्क्रान्ति भएको ९ घटी, बुधसङ्क्रान्ति भएको ६ घटी, गुरू सङ्क्रान्ति भएको ८८ घटी, शुक्र सङ्क्रान्ति भएको ९ घटी, शनि सङ्क्रान्ति भएको १६ घटी त्याज्य रहन्छ । विशेषतः विवाहका निम्ति सूर्यसङ्क्रान्ति सर्वथा त्याज्य रहन्छ । (मु.चि. ६।८०)

महिना, दिन, नक्षत्र, तिथि, वार उपयुक्त भएपछि शुभ लग्न जुराउनु पर्दछ । लग्न भनेको समय हो । उक्त दिन कुन समयमा विवाहको मुख्य कार्य कन्यादान शुभ रहन्छ भनी लग्नद्वारा निर्धारण गरिन्छ । एक दिनमा बाह्रवटा लग्न हुन्छन् । विवाहलग्नबाट १२ औँ शनि अशुभ मानिएको छ । यसैगरी लग्नबाट १०औं मंगल, तेस्रो स्थानमा शुक्र अशुभ मानिन्छ । लग्नमा चन्द्रमा र पापग्रह (सू.,मं,श,रा,के) बसेका छन् भने उक्त लग्न (समय) विवाहका निम्ति ग्राहृय हुँदैन । छैटौं स्थानमा लग्नस्वामी शुक्र र चन्द्रमा अशुभ रहन्छन् । आठौं स्थानमा चन्द्रमा, लग्नेश, सबै शुभग्रह, मंगल अशुभ रहन्छन् । सातौं स्थानमा सबै शुभग्रहको निवास अशुभ रहन्छ ।

सप्तमस्थान पनि शुद्ध रहनुपर्छ (मुचि., ६।८६) । ३।११।८।६ स्थानमा सूर्य, शनि, राहु, केतु रहेको, ३।६।१० स्थानमा मंगल, २।३।११ स्थाना चन्द्रमा, १।२।३।४।५।६।९।१०।१२ स्थानमा बुध र बृहस्पति, १।२।४।५।९।१०।११।१२ स्थानमा शुक्र शुभ रहन्छ । छैटौं स्थानमा शुक्रको निवास शुभ मानिन्छ । तर आफ्नो शत्रुको राशि (४।५), नीच (६) राशिमा शुक्र भए दोष लाग्दैन । मंगल अष्टमस्थानमा अशुभ रहन्छ । तर सूर्यसँग रहेर अस्त भई बसेको भए, आफ्नो शत्रुको राशि (३।६) मा भए, नीच राशि (४)मा भए अष्टमस्थभौमको दोष लाग्दैन ।
चन्द्रमा आफ्नो नीच राशि (८) वा कुनै लग्नमा वृश्चिक राशिको नवमांशमा चन्द्रमा भए ४।८।१२औं चन्द्रमाको दोष रहँदैन ।

(मुहूत्र्तचिन्तामणि, ६।८८) यसरी लग्नको विचार गरिसकेपछि नवमांश पनि उचित हुनुपर्दछ । नवमांश भनेको राशिको नवौं भाग हो । एक राशिको लग्नभित्र नौवटा नवमांश हुन्छन् । दुई घण्टाको लग्न हुँदा १३ मिनेट २० सेकेण्डको एक नवमांश हुन्छ । विवाहका निम्ति : धनु, तुला, कन्या, मिथुन, मीन नवमांश शुभ मानिएको छ । (मूचि. ६।८४)

यसैगरी विवाहमा गोधुली समय गोधुली समय त्याज्य रहन्छ । मंसिर, पुस, माघ, फागुन महिनामा सूर्य अस्त क्षितिजमा रहेको १ घटी पछि सम्म गोधुलि रहन्छ । चैत्र, वैशाख, जेठ, असार महिनामा सूर्य बिम्ब अस्त क्षितिजमा आधा देखिएपछिको १ घटीपछि सम्म गोधुली रहन्छ । श्रावण, भाद्र, आश्विन, कार्तिक महिनामा सम्पूर्ण सूर्य अस्त भएपछिको १ घटीपछि सम्म गोधुली काल रहन्छ । (मु.चि.६।१०२) । यसका साथै ग्रहणलागेको नक्षत्र र ग्रहण लागेको दिन पनि विवाह नगर्नू भन्ने शास्त्रको आदेश छ । पाप ग्रहयुक्त नक्षत्र र पञ्चशलाकामा उक्त नक्षत्रबाट विद्व नक्षत्र पनि विवाहका निम्ति अशुभ मानिन्छ ।

पात्रामा लगन दिएका दिनमा पनि कुनै व्यक्तिको विवाह नजुर्नसक्ने स्थिति रहन्छ । सर्वप्रथम व्यक्तिलाई अर्थात् वर र कन्या दुबैलाई विवाह जुरेको हुनपर्दछ । कन्याको समवर्षमा बृहस्पति शुद्धिपश्चात् विवाह शुभ हुन्छ । यसैगरी विसमवर्षमा सूर्य शुद्धिपूर्वक वरको विवाह शुभ हुन्छ ।

यसका साथै लत्ता दोष, पात दोष, उपग्रह दोष, अर्धयाम दोष, कुलिक दोष, जामित्रदोष, बधिर दोष पनि त्याज्य रहन्छन् । यसरी यी सबै कुरा जुराउँदा विवाहका लग्न थोरै दिनमात्र जुर्ने गर्दछन् । पात्रामा यी सबै कुरा जुराएर लग्न दिएको हुन्छ । यसैले पात्रामा विवाहका लगन जुरेका दिन थोरै हुने गर्दछन् ।

पात्राका सबै लगन सबैलाई उपयुक्त नहुनसक्छन्
पात्रामा लगन दिएका दिनमा पनि कुनै व्यक्तिको विवाह नजुर्नसक्ने स्थिति रहन्छ । सर्वप्रथम व्यक्तिलाई अर्थात् वर र कन्या दुवैलाई विवाह जुरेको हुनपर्दछ । कन्याको समवर्षमा बृहस्पति शुद्धिपश्चात् विवाह शुभ हुन्छ । यसैगरी विसमवर्षमा सूर्य शुद्धिपूर्वक वरको विवाह शुभ हुन्छ । वर कन्या दुवैको मिलान गर्दा चन्द्रमा शुद्धिलाई विचार गर्नुपर्दछ । (मुहूत्र्तचिन्तामणि, ६।१२) अर्थात् वरको राशिबाट सूर्य रहेको राशि चौथो, आठौं र बाह्रौं हुनुहुँदैन । यसको साथै जन्ममहिनामा पनि विवाह निषेध गरिएको छ । कन्याको राशिबाट ४।८।१२ राशिमा बृहस्पति अशुभ रहन्छन् । यसका साथै वर र कन्या दुवैको राशिबाट चन्द्रमाको राशि ४।८।१२ पार्नु हुँदैन ।

यसैले पात्रामा दिएका विवाहका लग्नका दिन यी कुरा वर कन्या विशेषलाई जुरेका छन् छैनन् हेनुपर्ने हुन्छ । यसका साथै वर र कन्याको जन्मलग्नबाट आठौं राशिको विवाहलग्न हुनुहुँदैन भनिएको छ । यसका साथै जन्मलग्नबाट आठौं राशिको नवमांश पनि विवाहका समयमा हुनु हुँदैन । यसका साथै जन्म तिथि, वार, नक्षत्र आदिको पनि विचार गनुपर्दछ । जेठो (पहिलो गर्भको) व्यक्तिको विवाह जेठ महिनामा नगर्नू भनिएको छ । यसैले यी कुरालाई पनि विचार गरेरमात्र विवाहको उपयुक्त लग्न निकाल्नुपर्दछ ।

विधिपूर्वक कन्यादान दिने समय विवाहका निम्ति मुख्य रहने गर्दछ । कन्यादान गर्ने उपयुक्त समय जुराउन धेरै विषवस्तुको विचार गरेर उपयुक्त समय निर्धारण गर्नुपर्दछ । जसका निम्ति महिना, दिन, वार, नक्षत्र, तिथि, लग्न नवमांश विशेष रहन्छन् । महिनाभित्र दिन, दिनभित्र लग्न र लग्नभित्र नवमांश रहनेगर्दछन् । यसरी उचित समयमा गरिएका विवाह वैवाहिक जीवनलाई सुखद् तुल्याउने हुन्छन् । हरेकको कार्यगर्ने उचित समय हुन्छ । यस्तै विवाह गर्ने पनि शास्त्रले उचित समय निर्धारण गरेका छन् । उक्त सही समय तय गर्नका लागि धेरै विषयवस्तु विचारणीय हुन्छन् जसले गर्दा विवाहका लगन थोरै हुने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?