वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ का वडाअध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्न उहाँको पार्थिव शरीर राष्ट्रियसभा गृहमा राखिएको छ ।

सभागृह पुगेर रिजालको पार्थिक शरीरमा महानगर प्रमुख बालेन्द्र साहले काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उपप्रमुख सुनीता डङ्गोलसहित अन्य व्यक्तिहरुले पनि रिजालप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?