एसिसि प्रिमियर कप क्रिकेटः आज पनि दुई खेल हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको उदघाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो भने अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो। हङकङ र सिंगापुरको खेल भने मुलपानी मैदानमा भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?