एभर्टनका प्रशिक्षक लाम्पार्ड बर्खास्त

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । एभर्टनका प्रशिक्षक फ्रान्क लाम्पार्ड बर्खास्तमा परेका छन् । लगातार खराब नतिजा दिएपछि एभर्टनले प्रशिक्षक फ्रान्कलाई बर्खास्त गरेको हो ।

लाम्पार्डको गुडिसन पार्कमा एक वर्षभन्दा कम समयको बसाई रह्यो । गत शनिबार एभर्टनले वेष्टह्यामसँग २(० गोलको पराजय व्यहोरेपछि नै क्लबले लाम्पार्डको विकल्पको खोजी गरेको हो । ​प्रिमियर लिगमा उनको नेतृत्वमा एभर्टनले १२ खेलमा ९ खेलमा पराजय व्यहोरेको छ।

तालिकाको १९ औँ स्थानमा १५ अंकका साथ रहेको एभर्टन रेलिगेसन हुने सम्भावना पनि धेरै छ। ४४ वर्षीय लाम्पार्डले गत जनवरीमा रफायल बेनिटेजलाई प्रतिस्थापन गरेका थिए ।

उनलाई एभर्टनलाई रेलिगेसनबाट बचाउन क्लबले अनुबन्ध गरेको थियो। तर उनको नेतृत्वमा एर्भटन असफल साबित भएपछि पछिल्लो पाँच वर्षमा क्लबले छैटौँ प्रशिक्षकको खोजी गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?