हिजाबविरोधी आन्दोलनलाई समर्थन गर्ने इरानी अभिनेत्री पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

तेहरान । हिरासतमा एक महिलाको मृत्यु भएपछि सुरु भएको तीन महिना लामो विरोध आन्दोलनलाई समर्थन गरेपछि इरानले एक प्रमुख अभिनेत्रीलाई शनिबार पक्राउ गरेको इरानी सञ्चार माध्यमहरूले जनाएका छन् ।

३८ वर्षीय तरानेह अलिदुस्तीलाई ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको थियो’, तस्निम समाचार एजेन्सीले जनाएको छ ।

उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म ‘द सेल्सम्यान’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन्। अलिदुस्तीको सबैभन्दा भर्खरको सामाजिक सञ्जाल पोष्ट डिसेम्बर ८ मा भएको थियो, सोही दिन २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो ।

इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?