बैतडीमा पहिरोमा परि आमाछोराको मृत्यु, तीन जना घाइते

पाइल तस्बिर

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा पहिरोले घर पुरिदा आमा छोराको मृत्यु भएको छ ।

जिल्लाको पुर्चाैडी नगरपालिका-२ को भैरु टोलमा घर पुरिदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा ५ वर्षीय रिजन जागरीको मृत्यु भएको हो । सोमबार बिहान २ बजेतिर घरमाथीबाट खसेको पहिरोमा पुरिएर अञ्जु र रिजनको घटनास्थलमा नै मृत्यु जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पहिरोमा परि अन्य तीन जना घाइते भएका छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिनुभयो ।

घाइतेहरुको स्थानीय र प्रहरीले उद्धार गरी गोकुलेश्वर अस्पताल दार्चुला पठाइएको प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

स्थानीयहरुका अनुसार घरमा पूर्ण क्षती पुगेको छ । करिब एक दर्जन चौपाया समेत मरेका वडा सदस्य कृष्ण बोहराले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?