युरो बास्केटबलको क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आयोजक युरो स्कुल युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । युरोले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) लाई २७-१५ ले पराजित गर्‍यो । युरोकी साना दीपकले १४ स्कोर गर्नुभयो । गल्र्समै विद्या संस्कारले मोर्डन इन्डियन स्कुल (एमआइएस) लाई ११-७ ले हरायो । विजेताकी प्रीतिशा केसीले पाँच अंक जोड्नुभयो ।

ब्वाइजमा काष्ठमण्डपले टिआइएलाई २५-१३, सेन्ट जेभियर्सले बाबालाई ३९-१०, विल्सन एकेडेमीले युरोलाई ३५-३०, एमआइएसले आलोकलाई २७-९, बिआइएसले साम्तेनलाई ३२–१२ तथा त्रिज्योतिले गुहृयेश्वरीलाई २९-१२ ले पाखा लगायो ।

काष्ठमण्डपका आश्रय शाक्य र नितिश अधिकारीले ७-७, सेन्ट जेभियर्सका शुभम् सैजूले २१, विल्सनका पेम्बा शेर्पाले १४, एमआइएसका अंकुशले १२, बिआइएसका फुर्वा छेतेनले १३ तथा त्रिज्योतिका नवाङ शेर्पाले १४ अंक बटुल्नुभयो ।
यता भ्याली पब्लिक र आयोजक ग्रिनल्यान्ड १५औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

भ्याली पब्लिकले गोल्डेनपिकलाई ३५-२१ ले पराजित गर्‍यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङले १२ अंक योगदान गर्नुभयो । दिवस भुजेलको २७ अंक सहयोगमा ग्रिनल्यान्डले सेन्ट जोसेफलाई ३९-३० ले हरायो ।
सोही स्पर्धामा वसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ६१-५१ तथा एचएचसिएले टिआइएलाई ३९-२३ ले पाखा लगायो । बिएनएका सन्देश खड्काले ३८ तथा एचएचसिएका दोर्जे शेर्पाले १५ स्कोर गर्नुभयो ।

जुनियर ब्वाइजमा बिएनएले इबिएलाई २३-१७, एन्जल्स हार्टले गोल्डेनपिकलाई ३६-१६, स्किब्सले गोल्डेनपिकलाई १६-१३ तथा लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले भ्याली पब्लिकलाई २१-१९ ले पन्छायो । बिएनएका सुरेश गौतमले ११, एन्जल्स हार्टका प्रतीक कँडेलले २४, स्किब्सका सोनाम ठकुरीले चार तथा एलएनएका रिदम उप्रेतीले १८ अंक जोड्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?