
काठमाडौं । एनआरएनए क्यानडाको पहलमा क्रिकेट क्यानडाले पवित्र समाज सेवालाई नगद र अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । क्रिकेट क्यानडाका टुर म्यानेजर माइक, मुख्य प्रशिक्षक पुबुदु दसानाइके, कप्तान साद बिन जाफर र टिम क्यानडाका सदस्यहरूले पवित्र समाज सेवाकी अध्यक्ष दीक्षा चापागाईंलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रमको समन्वय एनआरएनए क्यानडाका उपाध्यक्ष सुरज अधिकारीले गर्नुभएको थियो । काठमाडौंको हायात प्यालेसमा भएको उक्त हस्तान्तरण कार्यक्रममा एनआरएनए क्यानडाका महासचिव चन्दा अधिकारी, एनआरएनए आइसिसी सदस्य हेम पाण्डे र नेपाली जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धिप्रकाश ओलीको सहभागिता थियो ।
नेपाल प्रस्थान गर्नुअघि क्रिकेट क्यानडालाई एनआरएनए क्यानडा र अन्य ११ नेपाली संघ-संस्थाहरूले क्यानडाको टोरन्टोमा यही जनवरी २७ मा भव्य बिदाइ कार्यक्रम गरिएको थियो । बिदाइ कार्यक्रमको संयोजन एनआरएनए क्यानडाका उपाध्यक्ष किरोज श्रेष्ठले गर्नुभएको थियो । साथै, एनआरएनए क्यानडाका उपाध्यक्ष उमेश भण्डारीको समन्वयमा एनआरएनए क्यानडाले क्रिकेट क्यानडालाई नेपाल भ्रमणका लागि नेपाली राजदूतावास ओटावाबाट नै अन अराइभल भिसा प्राप्त गर्न पनि सहयोग गरेको थियो ।
नेपाल र क्यानडाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५९ वर्ष भइसक्दा पनि उल्लेखनीय कार्य गर्न नसकिएको तर अब नयाँ राजदूत आएसँगै विशेष प्राथमिकताका साथ काम गरिने एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच