बाल अस्पताललाई आनीको एक करोड ८० लाख

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आनी छोइङ डोल्मा फाउण्डेसनले एक करोड ८० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा बढी संख्यामा रहेका बालबालिकालाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाका रूपमा किओच स्थापना भएको हो । काठमाडौं बहुविशिष्टिकृत बाल अस्पताल तथा देशका सबै प्रदेशमा भौतिक संरचनासहितका स्याटेलाइट बाल अस्पताल सञ्चालन गर्ने किओचकोे लक्ष्य रहेको छ । सोही कारण काठमाडौंमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ डोल्मा फाउण्डेसनले उक्त सहयोग प्रदान गरेको हो ।

यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच-दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा सुरू भएको छ । यस अस्पतालबाट बहिरंग, आकस्मिक, अन्तरंग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियू, एनआइसियू, एचडियूलगायतका सेवा प्रदान गरिएको छ भने शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ ।

सेवा सुरु भएको चार महिनामा यसले बहिरंग सेवाअन्तर्गत ८,३०० तथा अन्तरंग सेवाअन्तर्गत १,८५० भन्दा बढी बालबालिकालाई पुर्‍याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् । काठमाडौंको बुढानीलकण्ठ ७ मा ‘हब’ अस्पतालका रूपमा बहुविशिष्टिकृत बाल अस्पताल किओच-काठमाडौं बाल अस्पतालको निर्माण कार्य सुरु भई जग निर्माण कार्य जारी रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?