एम्बरले थपिन् दुई वकिल

Read Time = 2 mins

लसएन्जल्स । हलिउड स्टार जोनी डेप र अभिनेत्री एम्बर हर्ड केही समययता मुद्धाका कारण चर्चामा छन् । यो मानहानीको मुद्धामा एम्बर पराजित भइसकेकी छन् र उनले जरिवानाका रुपमा १० मिलियन डलर जोनीलाई दिनुपर्ने आदेश अदालतले दिइसकेको छ ।

अहिले भने यो विषयमा नयाँ खबर बाहिर आएको छ । समाचारअनुसार एम्बरको मुद्धामा पैरवी गर्नका लागि उनले वकिलको नयाँ टिम हायर गरेकी छन् । एम्बरका प्रवक्ताले अभिनेत्रीले डेविड एल एक्सलर्ड र जे वार्ड ब्राउनलाई आफ्नो वकिल टिमको नेतृत्व गर्न हायर गरेकी हुन् ।

यस कार्यमा एम्बरको पुराना वकिल बेन र टेनबार्नले नयाँ वकिललाई सहयोग गर्नेछन् । अभिनेत्रीले आफ्नो मुद्धामा पैरवी गरिरहेका वकिल एलाइन ब्रेडहार्डलाई हटाएकी छन् । जोनीको तर्फबाट पेस भएका एक साक्षीले एम्बरको पुरानो वकिलले उनको पैरवी ठिक ढंगले नगरेको आफूले देखेको बताए ।

जोनी र एम्बरको भेट सन् २००९ मा भएको थियो । यसपछि उनीहरुले सन् २०१५ मा विवाह गरे । यो विवाह एक वर्षसम्म मात्र चल्यो र सन् २०१७ मा उनीहरु अलग्गिएका थिए । त्यसपछि एम्बरको एक लेखमाथि जोनीले सन् २०१८ मा मानहानीको मुद्दा हालेका थिए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?