पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम लगायतलाई जसपाले गर्‍यो कारबाही

Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहितका उहाँ पक्षीय नेताहरुको जिम्मेवारी खोस्दै कारबाही गरेको छ ।

वीरगञ्जमा जारी अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी बैठकले उहाँहरुमाथि कारबाही गरेको हो ।

भट्टराई, हिसिला यमी, महेन्द्र यादव लगायतका नेतामाथि कारबाहीको निर्णय गरेको जसपाका कार्यकरिणी सदस्य मनिष सुमनले जानकारी दिनुभयो ।

अध्यक्ष यादवले बैठक बोलाएकै समयमा भट्टराई पक्षको बैठक काठमाडौंमा बसेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?