महारेजको हयाट्रिकमा म्यानचेस्टर एफए कपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रियाद महारेजको ह्याट्रिकसँगै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।

बेम्बली स्टेडियम लन्डनमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।

सिटीले पेनाल्टीबाट खेलमा अग्रता लिन सुरु गरेको थियो ।

खेलको ४३औं मिनेटमा रियाद महारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए । बर्नाडो सिल्भालाई स्लाइड फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी दिएका हुन । र, अन्तत पहिलो हाफ १–० को स्थीतिमा रहयो ।

उनै महारेजले ६१औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे भने त्यसको पाँच मिनेटमा नै अर्थात ६६औं मिनेटमा ज्याक ग्रेलिसको पासमा महारेजले अर्को गोल गरे ।

एउटै खेलमा लगातार तीन गोल गरेर महारेजले ह्याट्रिक मात्रै गरेनन, क्लबलाई ३–० ले बिजयी पनि गराउँदै फाइनलमा लगिदिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?