क्लोज अपको ‘नजिक आऊ’ अभियान सम्पन्न

Read Time = 2 mins

काठमाडौं । आत्मविश्वास र ताजगीका साथ नजिक हुन युवालाई प्रोत्साहन गर्दै क्लोज अपको फस्र्ट मुभ ‘नजिक आऊ’ डिजिटल अभियान सम्पन्न भएको छ । दाँतको स्वास्थ्यसम्बन्धी सामग्री उत्पादन गर्ने ब्राण्ड, क्लोज अपले युवाहरूमा आत्मविश्वास र सामिप्यता बढाउने उद्देश्य लिँदै आएको छ ।

सहभागीहरूको सकारात्मक प्रतिक्रियाका साथ अभियानमा २५ सय प्रयोगकर्ताले टिकटक भिडियो बनाएका छन्, जसले सोसियल मिडिया प्लेटफर्महरूमा सकारात्मक ऊर्जाको लहर सिर्जना गरेको कम्पनीले जनाएको छ ।

प्रतिभाशाली सुशान्त केसीको रचना तथा गायन रहेको अभियानको थिम ‘नजिक आऊ’ ले दर्शकलाई गहिरो प्रभाव परेको थियो । अभियानलाई ३७ जना सोसियल मिडिया इन्फ्लुयन्सरको उत्साहजक सहभागिताले अझै प्रभावशाली बनाउन मद्दत गरेको आयोजकले जनाएको छ ।

अभियानका सहभागीमध्ये सुश्री निमा याङ्ग्चेन हृयोल्मोले आफ्नो भिडियो सबैभन्दा धेरै भ्युज अर्थात् ३७ लाख पाउँदै एक लाख पुरस्कार जित्नुभएको छ । त्यसैगरी ट्विन्स ब्रोडर फ्युजनले सात लाख ९३ हजार इन्गेजमेन्ट प्राप्त गर्दै दोस्रो ५० हजार जित्न सफल हुनुभएको छ । सो अवसरमा आफ्नो नवीन र रचनात्मक प्रदर्शन गर्ने जस्टिना बोगटी, किशोर क्यामरवावा र सुश्री श्रुतिले तेस्रो पुरस्कार प्राप्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?