इसेवाको आइफोन १४ अफर

Read Time = 1 min

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर ल्याएको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै इसेवाले पहिलोपटक कारोबार गर्दा भाग्यशाली एकजना विजेताले आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सकिने अफर सार्वजनिक गरेको हो ।

योजनामा सहभागी हुन सेण्ड मनिबाहेक पहिलोपटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्नेछ । अफर असार २० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । प्रोमो कोडमार्फत् प्राप्त हुने क्यासब्याक रकम २४ घण्टाभित्र सम्बन्धित व्यक्तिको इसेवा एकाउन्टमा जम्मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?