पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गर्नुपर्छः अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरुले जागरुकता देखाउनुपर्ने बताउनुभएको छ ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरण गरिसकेपछि आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उडान नियमित रुपमा गर्नसकेमात्रै पर्यटन प्रवर्द्धन हुने बताउनु भयो । उहाँले आजको खुशीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले साझा प्रयत्न गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरुले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने उल्लेख गर्नुभयो । उहाँले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनाउनेतर्फ सोच्नुपर्ने बताउनु भयो । उहाँले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताउनु भयो । उहाँले कुनैपनि देशका हवाई कम्पनीहरु फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब धेरै तयारी गरेर यो उडानलाई नियमित गर्नुछ । आज उद्घाटन भएको ६ महिनापछि एउटा अन्तर्राष्ट्रिय उडान आउने चार्टड गरेर अर्को ६ महिनामा अर्को चार्टड उडान आउने भयो भने केही अर्थ हुँदैन । आजको खुशीयाली धेरै टिक्दैन । यो खुशीयालीलाई सधैँ कायम राख्नको लागि सबै पक्षले पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरुले सबैले पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकारीहरुले सबैले साझा प्रयत्न गराैं । कान ढालेर बसेर हुँदैन । हामीले चीनबाट, बाहिरबाट विमान ल्याइदिनुस् भनेर मात्रै हुँदैन । पहिलो कुरा जसरी भारतसँग हाम्रो खुला सीमाना छ । खुला सीमानामा आवतजावत गरेका छाैं । आकाश पनि त्यत्तिकै खुला र निर्वाध ढंगले आवतजावत भइदियो भने अरु विमानहरु आउने रुटहरु खुला हुन्छ । त्यसतिर हाम्रो ध्यान जानुपर्छ । कुनैपनि देशका कुनैपनि कम्पनीका एयरलाइन्सहरु घाटामा उडिरहँदैनन् । उसलाई नाफा हुनुपर्छ । त्यसका लागि हामीले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्छ ।’

नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसकेपनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?