रुसका अगाडि घुँडा टेक्दैनौं : जेलेन्स्की

हिमालय टाइम्स
Read Time = 1 min

वासिङटन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्याउनु भएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आत्मसमर्पण नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो ।

उहाँले आफूहरू रुसको आक्रमणबाट विचलित नभई अघि बढिरहेको उल्लेख गनुृभयो । आफूले शान्तिका लागि अघि सारेको दश बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले पनि त्यसलाई अनुमोदन गर्नुपर्ने बताउनुभयो ।

रुसलाई आतंककारीको संज्ञा दिंदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एक ढिक्का हुनेछ भन्ने विश्वास पनि ब्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?